पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि इष्ट पोइन्ट एकेडेमीलाई
माघ २४, मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३५ औँ वार्षिक उत्सवको अवसरमा मेलम्ची नगरपालिका‚ हेलम्बु‚ इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि इष्ट पोइन्ट एकेडेमी हेलम्बुले हात पारेको छ ।

तेर्से माविको प्राङ्गणमा बिहिबार सुरु भएको प्रतियोगितामा श्री जाल्पादेवी मावि मेलम्ची २ ले द्धितीय स्थान हासिल गरेको छ भने आयोजक श्री तेर्से माविले तृतीय हासिल गर्न सफल भएको छ । प्रतियोगितामा चार वटा स्थानीय तहका १७ विद्यालयको सहभागिता थियो ।
प्रथम‚ द्धितीय र तृतीय हुने समूहलाई क्रमशः २० हजार‚ १५ हजार र १० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिने र विजेता खेलाडीहरुलाई अइतबार विद्यालयको वार्षिकोत्सव विशेष समारोहमा उक्त पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको विद्यालयले जानकारी दिएको छ ।

