गणित प्रतियोगितामा इष्ट पोइन्ट कि सलिना थापा प्रथम
माघ २४, मेलम्ची । मेलम्चीको तेर्से माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सवको अवसरमा आयोजित एसईई लक्षित गणित प्रतियोगितामा हेलम्बु–४ स्थित इष्ट पोइन्ट कि सलिना थापा प्रथम भएकी छिन ।
त्यस्तै दोस्रोमा प्रगती अङ्ग्रेजी मावि मेलम्ची –११ कि आयुशा नेपाल, तेस्रो थाङपाल भ्याली पाँचपोखरी थाङपाल ४ का प्रसान्त तामाङ र सान्त्वना आयोजक तेर्से माविका रबिन तामाङ भएको विद्यालयले जनाएको छ ।
मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल, इन्द्रावती र हेलम्बु गाउँपालिकाको २० वटा विद्यालयबाट सहभागी थिए ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई तथा सहभागी विद्यार्थीहरुलाई विद्यालयले धन्यवाद ज्ञापन गरेको छ ।

