नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन, सिन्धुपाल्चोकको अध्यक्षमा भेषनाथ निर्वाचित

दिनेश दुलाल
भदौ ७, काठमाडौं । नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन, सिन्धुपाल्चोककोजिल्लाको दोस्रो भेला सम्पन्न भएको छ । काठमाडौंको पेस्पीकोला स्थित स्टार वैङकेटमा भएको भेलाबाट भेषनाथ सापकोटाको अध्यक्षमा ३१ सदस्यीय कार्यसमिति निर्माण भएको छ ।

भेलाबाट बरिस्ठ उपाध्यक्ष – टंक प्रसाद दुलाल (चौतारा), उपाध्यक्ष – इश्वरलाल श्रेष्ठ (पाँचपोखरी), उपाध्यक्ष – एकेन्द्र लामा (ईन्द्रावती), महासचिव – तोक बहादुर तामाङ (मेलम्ची), सचिब – फुलकाजी स्याङ्बो (जुगल), कोषाध्याक्ष – दिपेन्द्र थापा (बलेफी) रहेका छन् ।
यसैगरी सदस्यहरुमा कविता रिमाल खड्का (चौतारा), निर्माला श्रेष्ठ (चौतारा), छबिप्रसाद दुलाल (मेलम्ची), गंगराम दंगाल (मेलम्ची), प्रेम राज तामाङ (मेलम्ची), बिशाल श्रेष्ठ (मेलम्ची), प्रकाश दुलाल (ईन्द्रावती), नवराज भट्टाराई (ईन्द्रावती) रहेका छन् । यस्तै लाक्पा दोर्जे तामाङ (पाँचपोखरी), टासी ह्योल्मो (पाँचपोखरी), राजन बुढाथोकी (चौतारा), बेल बहादुर नेपाल (चौतारा), सुजन श्रेष्ठ (चौतारा), रामचन्द्र नेपाल (चौतारा), यज्ञ बहादुर नेपाल (बलेफी), निर्मल खत्री (त्रिपुरासुन्दरी), सबिन तामाङ ( बाह्रबिसे), तिर्थ तामाङ ( लिसंखुपाखर), सानु पाख्रिन (जुगल) र मिनबहादुर तामाङ (बलेफी) निर्वचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र ) सम्वद्ध नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन सिन्धुपाल्चोक जिल्लाको शनिबार भएको दोस्रो भेला पार्टी केन्द्रीय सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’“को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रम उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य सापकोटाले समाजवाद निर्माणको महान अभियानमा निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहेको भन्दै माओवादी निकट व्यवसायीहरु गोलबन्द भएर निर्माणमा लाग्नुपर्ने धारण राखे ।

कार्यक्रमका विशेष अतिथि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का संघीय सांसद तथा पार्टी केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’ ले निर्माण व्यवसायमा देखिएको अस्थिरता, अराजकता तथा अव्यवस्थित परिपाटीलाई माओवादी निकट निर्माण व्यवसायीहरुले पुरा गर्नुपर्ने धारणा राख्दै भेलाको शुभकामना दिए ।

त्यस्तै कार्यक्रममा पार्टी केन्द्रीय सदस्य केशव नेपाल, वाग्मति प्रदेश सांसदद्वोय सरल सहयात्री पौडेल र अमृता नेपाल, जिल्ला पार्टी संयोजक गोविन्द पराजुली लगायत नेताहरुले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा बलेफी गाँउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो, लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा लगाएत जिल्लाका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो ।

जिल्ला भरका पार्टीमा आवद्ध निर्माण व्यवसायीहरुको बाक्लो उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको जिल्ला नेता टिएन सापकोटाले जानकारी दिए ।