मेलम्चीमा दलित हकहित सम्बन्धी कानुनी साक्षरता तथा अन्र्तक्रिया
असार ११, मेलम्ची । जिल्लाको मेलम्चीमा दलित हकहित सम्बन्धी कानुनी साक्षरता तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको सहयोगमा राष्ट्रिय दलित पत्रकार संघ, सिन्धुपाल्चोकको आयोजनामा सञ्चालित दलित हकहित सम्वन्धी कानुनी साक्षरता एवम अन्तरक्रिया कार्यक्रमको मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले उदघाटन गरेकी हुन् ।

कार्यक्रमको उदघाटन गर्दै उपप्रमुख प्रधानले जात र संस्कृतिको आधारमा कोहि सानो ठुलो नहुने तर्क राखिन । तालिम सकेर फर्कदा म कमजोर छैन भन्ने सोच बनाएर घर फर्कन सहभागीलाई आग्रह गरिन ।

‘म दलित हु भन्ने मानसिकता त्यागेर अघि बढ्नुपर्छ’, प्रधानले भनिन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले तालिममा सिक्ने मात्र नभई सिकेका कुरा उपयोग पनि गर्नुपर्ने तर्क राखे । यस्ता अवसर पटक–पटक नआउने भएकाले यो अवसरलाई सदुपयोग गरे मात्र राज्यले गरेको लगानी खेर नजाने ठोकुवा गरे ।
कार्यक्रममा प्रशिक्षक झल विश्वकर्मा र करिना पुरीले कानुनले दिएको अधिकार प्रयोग गर्न र कानुनले वर्जित गरेका कार्य नगर्न सहभागीलाई सुझाव दिए । सञ्जालकी सहसचिव कौशिला नेपालीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्जालकी अध्यक्ष चण्डिका नेपालीको सभापतित्वमा सम्पन्न भएको हो ।

