![](https://www.sindhujwala.com/wp-content/uploads/2024/12/c046b64d-c3c7-4d56-b894-5b469edad62f-1.jpg)
चौतारामा मानवअधिकार दिवस कार्यक्रम सम्पन्न, जिल्लामा ९१ मानव अधिकारका घटना घटे
![](https://www.sindhujwala.com/wp-content/uploads/2024/12/c046b64d-c3c7-4d56-b894-5b469edad62f-1.jpg)
निर्मल बस्नेत
२५ मंसिर, चौतारा । अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा चौतारामा मानव अधिकारको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
साँगाचोकगढी नगरपालिका र मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था इन्सेकको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सिन्धुपाल्चोकमा गएको एक बर्षमा ९१ वटा मानव अधिकारको घटनाहरु भएको पाईएको छ ।
कार्यक्रममा १९४८ मा जारी भएको मानव अधिकारको घोषणाको धारा २९ र ३० मा भएको कानुनी व्यवस्थाको बिषयमा गहन रुपले छलफल भएको थियो ।
जिल्लामा यो बर्ष ९१ वटा मानव अधिकारको घटनाहरु घटेको इन्सेकले सार्वजनिक गरेको छ । यसभित्र व्यक्तिगत हत्या, कुटपिट तथा ज्यान मार्ने उद्योग, बालअधिकार, महिला अधिकार र जातीय विभेदका घटनाहरु रहेका छन् । घटनाहरुमा ८३ महिला र ६ जान पुरुष पीडित रहेको उल्लेख छ । त्यस्तै ९५ पुरुष र ६ जना महिला आरोपित रहेको इन्सेकको तत्थ्याङ्क रहेको छ । अघिल्लो बर्ष ५१ वटा घटनाहरु घटेको इन्सेकले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षका सन्तोष खड्काले प्रचारात्मक, सुरक्षात्मक र दण्डात्मक कार्यमा प्रहरीको सक्रियता रहेको बताउँदै मानवअधिकार उलङगन हुन नदिन सरोकारवालाहरुको सहयोग रहनुपर्नेमा जोड दिए । प्रहरीले खोज तथा उद्वारमा विपद्को समयमा अग्रभागमा काम गरिरहेको समेत उनले दावी गरे । प्रहरी उपरिक्षक खड्काले विभिन्न घटनामा आरोपित महिला, बालबालिका र जेष्ठ नागरिकलाई कानुन अनुरुप पक्राउको बखत हथकडी नलगाउने गरिरहेको समेत बताए । उनले मानवअधिकार प्रर्वद्वनमा सबै लागेको तर सेवा प्रवाहको समिक्षा र मूल्यांकन नभएको प्रति गुनासो गरे । चौतारा अस्पतालका डाक्टर रुद्रमणी भण्डारीले एकद्वार संकटा व्यवस्थापन केन्द्र चौतारा अस्पतालमा रहेको जानकारी गराए ।
कार्यक्रममा सञ्चारकर्मी यज्ञ दंगालले जिल्लामा अधिकारको लागि भनेर हुने कार्यक्रमहरुको प्रभावको बिषयमा लेखाजोखा नभएको भनी आलोचना गरे । उनले आगामी दिनमा आवश्यकतामा आधारित मानवअधिकारको बारेमा चिन्तनमनन गर्न सबैलाई आग्रह गरे ।
नेपाल रेडक्रस सोसाईटी सिन्धु शाखाका मन्त्री कमलचरण कक्षपतिले १० बर्षे सशस्त्र द्वन्द्वको समयमा वेपत्ता पारिएकाहरुको अवस्थाको बारेमा सार्वजनिक गर्नुपर्नेमा माग गरे । उनले पटक–पटक पीडित परिवारले रेडक्रसमा अवस्था सार्वजनिक गर्न सहयोग माग गरिएको समेत सुनाए ।
कार्यक्रममा मानवअधिकारको क्षेत्रमा अपराध, ज्याजती र उलंघनको विषयमा केन्द्रित रहेर सहभागिहरुबीच छलफल भएको थियो । साथै पुर्नस्थापना केन्द्रको व्यवस्थापनमा पनि सबैको सहयोग रहनुपर्ने भनि पुर्नस्थापनाको क्षेत्रमा काम गरिरहेको संस्था शक्ति समूहकी हरिकला भट्टले सबैको ध्यानाकर्षन गराईन ।
चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता र नगरउपप्रमुख सीता थापाको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो । मानव अधिकारवादी संस्था इन्सेक प्रनिनिधी नातीबाबु धितालले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा चौतारा साँगाचोकगढी नगारपालिका, जिल्ला प्रहरी, राजनीतिक दल, सरकारी कार्यालय, बिभिन्न संघसंस्थाको सहभागितामा सम्पन्न भएको हो ।