
बागमती प्रदेशको बालसाहित्यको पृष्ठभूमि

डा. कृष्ण सुवेदी (भारद्वाज मित्र)
बालबालिकाले सजैलै बुभ्mन सक्ने, ग्रहण गर्न सक्ने, रमाइलो मान्दै मनोरञ्जनका साधनजस्तै गरी लिने र त्यसबाट असल कुराहरू, नयाँ कुराहरू र उपयोगी कुरहरू सहजमा सिक्न र जान्न सक्ने गीत, कविता, कथाआदि अनेकानेक विधाहरूमा लेखिएको साहित्य नै बालसाहित्य हो । यसै अवधारणाअनुसार वयस्कले बालबालिकाका लागि भनेर बालसाहित्य सिर्जना गर्दछन् । बालबालिकाका आप्mना कुरा आपूmबाट नै लेखिने या रचिने गर्दछ । यसरी दुई प्रकारबाट सिर्जित साहित्यलाई बालसाहित्यका रूपमा समाजले लिने गर्दछ । नेपाली बालसाहित्यको अध्ययन गर्ने क्रममा वर्तमान सङ्घीय संरचनामा सात भागमा बाँडेर हेर्ने र तदनुकूलको नाम दिने काम गरेका छौँ । तथापि यथार्थ भनेको राजधानीसमेत रहेको यस बागमती प्रदेशको बालसाहित्य नै नेपाली बालसाहित्यको मूल प्रबृत्ति र मुख्य प्रबाह हो । यो प्रस्थापना मात्रात्मक रुपमा मात्र नभई गुणत्मक रुपमा पनि चरितार्थ हुनआउँछ ।
बालसाहित्य बालबालिकाको लागि प्रोत्साहन, प्रेरणा र हौसलाको स्रोत हुनुपर्छ । बालवालिकाहरुलाई सचेतनाका साथै वात्सल्य, स्नेह र ममता र हार्दिकता बाँड्ने बालसहित्य आजको खाँचो हो । बालसाहित्य बालबालिकाको प्रशंसामा रचिने साहित्य हो । यो मनोरञ्जनमूलक मात्र नभएर यथार्थ ज्ञान तथा सूचनामूलक पनि हुनुपर्दछ । बालसाहित्य आदेश र उपदेशको बोझ मात्र हुनु हुँदैन । बालसाहित्य बालबालिकाले रमाउँदै पढिने खालको भएमात्र त्यसलाई बालसाहित्य भन्न सकिन्छ ।
बालबालिकाले सजैलै बुभ्mन सक्ने, ग्रहण गर्न सक्ने, रमाइलो मान्दै मनोरञ्जनका साधनजस्तै गरी लिने र त्यसबाट असल कुराहरू, नयाँ कुराहरू र उपयोगी कुरहरू सहजमा सिक्न र जान्न सक्ने गीत, कविता, कथाआदि अनेकानेक विधाहरूमा लेखिएको साहित्य नै बालसाहित्य हो । यसै अवधारणाअनुसार वयस्कले बालबालिकाका लागि भनेर बालसाहित्य सिर्जना गर्दछन् । बालबालिकाका आप्mना कुरा आपूmबाट नै लेखिने या रचिने गर्दछ । यसरी दुई प्रकारबाट सिर्जित साहित्यलाई बालसाहित्यका रूपमा समाजले लिने गर्दछ ।
बालबालिकाको चेतनाको विकास र सिर्जनाको ढोका उघार्न, जीवनजगतका असिमत जिज्ञासाको समाधान गर्न, स्वस्थ मनोरञ्जनको आपूर्ति गर्न, बालबालिकाको अस्तित्व र अधिकारबारे सचेतना बढाउन, चारित्रिक विकासमा सकारात्मक सुधार गर्न तथा उनीहरूमा परिश्रम, स्वावलम्बन र विश्वबन्धुत्वको भावना संवृद्धि गर्न समग्रमा भन्दा मान्छे असल मान्छे बन्न बालसाहित्यका अतुलनीय भूमिका छ ।
परम्परागत धार्मिक, सांस्कृतिक अभिव्यक्तिहरु, लोकजीवनका उकाली ओराली भञ्ज्याङ चौतारीहरुका सुसेलीहरु नै समाजका सम्पत्ति हुनेगर्दछन् । हाम्रो परिवेशमा पनि त्यही क्रम लागु हन्छ । त्यसै अभ्यासको विकसित स्वरूप नै वर्तमान अवस्थाको संमृद्ध बालसाहित्य हो भन्न सकिन्छ । साहित्यिक शैलीमा अभिव्यक्त गर्ने प्रकृया अर्थात साहित्य प्रारम्भ हुनुपूर्व लोकजीववनबाट नेपाली साहित्य जन्मदाको अवस्था नै नेपाली साहित्यको निकटतम पृष्ठभूमि हो ।
पूर्वकार्यको समीक्षा
नेपाली बालसाहित्यको इतिहास लेखनमा भएका पहिलेका प्रयासहरुलाई नै बागमती प्रदेशको बागमती प्रदेशको बालसाहित्य पूर्वकार्यको समीक्षाका रुपमा लिन सकिन्छ । बालसाहित्यको सिर्जना, प्रकाशन र वितरणजस्ता कार्यहरुलाई हामीले बालसाहित्यको पूर्वकर्मका रुपमा लिने, त्यसको चर्चा गर्ने र त्यसलाई प्रकाशनमा ल्याने काम पूर्वकार्यको समिक्षा हो । अझ व्यवहारिक रुपमा भन्दा बालसाहित्यका बारेमा चर्चा, परिचर्चा समिक्षा, समालोचनाआदिका माध्यमबाट गरिने पूर्वकार्यहरुलाई नै बालसाहित्य पूर्वकार्यको समीक्षा हो भनेर भन्न सक्छौँ । त्यस अभिलेखीकरण गर्ने कामलाई हामी बागमती प्रदेशको बालसाहित्य पूर्वकार्यको समीक्षा गर्ने काम भनेर यहाँ पनि त्यसको थोरै चर्चा गरिएको छ । यो सन्दर्भ गहनतम र जटिल रुपमा रहेको सन्दर्भ हो । त्यस गुरुत्तर कर्मको समिक्षा भनेको लगभग नेपाली बालसाहित्यको पूर्वकार्यको समिक्षा गर्नुजस्तै हो । तथापि यहाँ त्यस गहनतम कार्यको अत्यन्तै सुक्ष्म चञ्चुप्रवेश मात्र हुने छ ।
माथि नै भनिसकियो कि यस क्रममा भएका अनेकानेक प्रयासहरुको सम्पूर्णतामा त यहाँ चर्चा गर्न सम्भव छैन । त्यसका साथसाथै यस कार्यमा फुटकर लेख, रचना, समिक्षा समालोचनालाई पनि यहाँ ठाउँ दिन नसकिने अवस्था छ । उपलब्ध रहेका केही कृतिगत प्रस्तुतिलाई आधार बनाएर बागमती प्रदेशको बालसाहित्य पूर्वकार्यको समीक्षा गर्न प्रयास गरिएको छ ।
इतिहास, परम्परा र प्रबृत्ति ः
बालसाहित्यको स्रोतका रूपमा समाजले वैदिक, पौराणिक, बुद्धसाहित्यलगायत समाजमा रहेका अन्यान्य परम्परा र धर्मका प्रचलन र तत्तत् साहित्यका साथै लोकसाहित्यलाई लिएको पाइन्छ । हिजोदेखि लोकले प्रयोग गर्दैआएको बाललक्षित आगो ताप्नू मुढाको कुरा सुन्नू बुढाको भन्नेजस्ता उपदेशात्मक अभिव्यक्तिहरूबाटै लोक बालसाहित्यको सुरु भएको हो । बालसाहित्यको पूर्व रुपका हैसियतमा बालपाठ्य सामगृहरु जन्मेका हुन् । बालपाठ्य सामगृमा मात्र बालसाहित्यको गति रोकिएन अर्थात् त्यसबाटो हुँदै बालसाहित्यको वर्तमान स्वरुपको विकास भएको पाइन्छ ।
बागमती प्रदेशको नेपाली बालसाहित्यको इतिहासको खोजिनीति गर्दा समग्र नेपालको बालसाहित्यको इतिहास नै बागमती प्रदेशको नेपाली बालसाहित्यको इतिहास हो । यस प्रदेशको संस्कृति रहनसहन र जाति भाषाको चर्चा गर्ने क्रममा माथि नै केही विशिष्ठताका बारेमा चर्चा भइसकेको छ । बालसाहित्य पनि समाजको प्रतिच्छायाँबाट टाढा नहुने सन्दर्भ हुनाले यसलाई पनि त्यसै आलोकमा हेरिनुपर्ने हुन्छ ।
बागमती प्रदेशको नेपाली बालसाहित्यको परम्परालाई ससर्ति हेर्दा सबैभन्दा ठूलो जातीय समूह बाहुन, क्षेत्री हो यसका परम्परा, संस्कृति र रहनसहनबाट चलिआएका पौराणिक साहित्यका अवशेषहरु, भजन, बालन मष्ट र कूलपूजा एवं स्थानीय देबीदेउताका पूजापाठहरुबाट सिर्जित संस्कारजन्य रीतिरिवाजबाट निस्केका अभ्यासहरु नै बालसाहित्यका पनि परम्परा हुन् । प्रदेशकै मध्यपहाडी क्षेत्रमा बसोवास गर्ने तामाङ समुदायका सेलो, बोन्पो, झँक्रीआदि रीतिरिवाजबाट निस्केका अभ्यासहरु पनि यस प्रदेशका बालसाहित्यका परम्परा हुन् । काठमाडौँ उपत्यका, पनौति, बनेपालगायतका काभ्रे उपत्यकाका पुराना सभ्यता र त्यस क्षेत्रका संस्कृतिहरुका साथै त्यस आसपासमा बसोवास गर्ने नेवार समुदायका कृषिमा आधारित जात्रा, मेला पर्बहरु, परम्परागत नाँच गान, किर्तन गुठी, दियाली जस्ता रीतिरिवाजबाट निस्केका अभ्यासहरु पनि यस प्रदेशका बालसाहित्यका गहनतम परम्परा हुन् । यस प्रदेशमा रहेका हायु, जिरेल, थामी, चेपाङलगायतका अल्पसङ्ख्यामा रहेका समुदायका साथै मगर, विश्वकर्मा, गुरुङ, माझी, दनुवारका पनि विशिष्ट प्रकारका रितिरिवाज, चालचलन, जीवनपद्धति र फरक फरक संस्कृतिहरु छन् । यि अल्पसंख्यक र अन्य जाती जनजाती समुदायका रीतिरिवाजबाट निस्केका फरक अभ्यासहरु पनि यस प्रदेशका बालसाहित्यका गहनतम सम्पत्ती हुन् । अझ यस प्रदेशको अर्काे विशेषता भनेको ऐतिहासिक कालखण्डदेखि, बागमती सभ्यतालाई प्रतिनिधित्व गर्ने यो भूखण्ड नेपालराज्यको उत्पत्तिदेखि नै फरक संमृद्ध राज्य तथा राजधानीका रुपमा रहेको हो । त्यसर्थ यहाँ स्थानीय मात्र नभई मुलुकभरबाट र मुलुक बाहिरबाट पनि आप्रवाशनको सुन्दर सम्भावना रहेकाले यहाँ किराँत, मैथिल, भोजपुरी अवधी, हिन्दी, अंग्रेजीलगायत अन्यान्य संस्कृतिको पनि प्रभाव रहेको छ । ती समग्र संस्कृति, रीतिथिति, परम्पराहरुको समाजमा जनजीवनमा प्रभाव पदाई यहाँको बालसाहित्यमा पनि त्यसको प्रभाव र परम्परा रहेका पाइन्छ ।
नेपाली बालसाहित्यको परम्परा र प्रबृत्तिका बारेमा केहि भन्न प्रयास गर्दा वर्तमान अवस्थाको स्वतन्त्र बालसाहित्यको पूर्वरुप परम्परा, पौराणिकता, लोकजीवन, लोकबालसाहित्यलाई हामीले केलाउनु पर्ने हुन्छ । बालसाहित्यको सिर्जना गर्दा अधिकांश सिर्जना उमेरसमूहको आधारमा सिर्जना गर्ने र तदनुकूलका अवधारणा, कथावस्तु, भाषा, विषय र रंग, चित्रकलालगायतका सन्दर्भहरुको समुचित संयोजन हुन नसकेको देखिन्छ । समाजको संमृद्धि जसरी अबरुद्ध रह्यो त्यसरी नै बालबालिकाका साहित्यमा पनि त्यसको प्रभाव परेको र संमृद्ध साहित्यको सिर्जना हुन र त्यसको प्रयोग प्रसारण हुन नसकेको पाइन्छ । यस प्रदेशको बालसाहित्यका प्रबृत्तिगत विशेषतालाई हेर्दा निम्न थप कुरा भन्न सकिन्छ ः
ड्ड बालबालिकाका साहित्यमा बालमैत्री पनको अभाव रहेको,
ड्ड विषय छनौटमा बालकेन्द्रित हुने सवालमा ध्यान नपु¥याउने प्रबृत्ति रहेको,
ड्ड परम्परागत प्रसङ्गहरुलाई उदाहरणका रुपमा परिचालन गर्दै बालबालिकाले बुभ्mन र त्यसबाट शिक्षा ग्रहण गर्ने अवस्था सिर्जना गर्नुका बदलामा उपदेशात्मक रहेको,
ड्ड ज्ञान, चरित्र, व्यवहार के सम्प्रेषण गर्न खोजेको हो तदनुकूलको परिवेश र परिस्थितिको सिर्जना गर्न सक्नुपर्नेमा त्यस्तो नभई सोझा अभिव्यक्तिसहितका आदेशात्मक सिर्जनाको बाहुल्यता रहेको,
ड्ड बालसाहित्यका वयस्क सर्जकहरुमा बालबालिकाका सरोकारको पर्याप्त ज्ञान नहुनाका साथै बालबालिका पनि समाजका साझेदार नागरिक हुन् त्यसैले उनीहरु पनि अधिकारका धारक हुन् भन्ने अभिभावना पर्याप्त नहुनु र
ड्ड बालबालिकामा क्षमता, चेतना र संज्ञान अन्तरनिहीत हुन्छ र हामी वयस्कले ती क्षमता, चेतना र संज्ञानलाई बाहिर ल्याउन सहयोग र सहजीकरण गर्ने हो भन्ने नविनतम यथार्थको परिशीलन नहुनु । क्रमश ………………………..