बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई सिन्धुका ३ स्थानीय तहद्वारा सहयोग
दिनेश दुलाल
कार्तिक २३, बाह्रबिसे । गत असोज ११ र १२ गते आएको भिषण बर्षा पछिको बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई सिन्धुका ३ स्थानीय तहद्वारा आर्थिक राहत दिने भएको छ ।
जसअनुसार बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाले क्रमशः ३० लाख, २० लाख र १० दिने भएका छन् । असोजमा आएको बाढीपहिरोमा परी देशका जुनसुकै ठाउँमा मृत्यु भएका परिवारलाई तीन स्थानीय तहले सहयोग गर्न लागिएको बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए । ‘नेपालीहरु जो सुकै पर्दा एकले अर्कोलाई मानवीय हिसाबले सहयोग गर्न पर्छ भनेर यो सहयोग गरेका हौं’, नगरप्रमुख बस्नेतले भने । उनका अनुसार उक्त ३ पालिकाद्वारा गरिने आर्थिक सहयोग मृतक परिवारले आफ्नै जिल्लाको हकमा प्रतिमृतक ५० हजार र जिल्ला बाहिर २५ हजारका दरले पाउने छन् ।
नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले मंगलबार गोदावरी नगरपालिका वडा नम्बर १० टाहाखेलमा कार्यक्रम गरेर बाढीपहिरोमा परेर मृत्यु भएकाको परिवारलाई सहयोग उपलब्ध गराएर उक्त सहयोगको औपचारिक उदघाटन गरिएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारका सदस्यहरूलाई जनही २५ हजार रुपैयाँका दरले राहत रकम हस्तान्तरण गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, बाह्रविसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सहयोगमा बाढीपहिरोमा मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराइएको हो ।