एन्डियुसीले गर्यो ६ सय बढी बृक्षारोपन

निर्मल बस्नेत
२३ भाद्र ) बलेफी । राष्ट्रिय अपाङ्गता एकता केन्द्र नेपाल (एनडीयुसी) ले ६ सय भन्दा बढी बृक्षारोपन गरेको छ ।
ग्लोबल ग्रीनग्रान्स फण्डको सहयोगमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिकाको वडा नं.५ र ६ को बिभिन्न बिद्यालयहरुमा बिरुवा रोपेको (एनडीयुसी) का अध्यक्ष टीकाराम पराजुलीले जानकारी गराए । प्रदेश सांसद् अमृता नेपालले सातकन्या आधारभूत बिद्यालयबाट बिरुवा रोप्ने कार्यको सुभारम्भ गरेकी थिईन् । बृक्षारोपन कार्यको सुभारम्भ गर्दै केन्द्रले राम्रो कार्यको थालनी गरेको भन्दै यस्ता कार्यको निरन्तरताको कामना गरेकी थिइन् ।

बलेफीको २ वटा वडा गरि कुपकन्या मावि, जालपादेबी माबि, र बिन्जयाल आधारभूत बिद्यालय लगायत बिभिन्न बिद्यालय परिसरमा गरि ६ सय भन्दा बढी फलफुल तथा फुलका बिरुवा रोप्ने कार्य गरि सम्पन्न गरेको छ । जसमा समी , पिपल, धुपी, सल्ला, अम्बा, एबोकार्ड, आँप र सुन्तला, कागती कपुर लगायतका मौषमी तथा बेमौषमी प्रकृतिका बिरुवाहरु रोपेको हो ।
वातावरण संरक्षण र हरीयाली प्रवर्तनको लागि बिरुवा रोपन कार्य गरिएको अपांग केन्दका्र अध्यक्ष पराजुलीले बताए ।
उलने संस्थाले यसभन्दा अघि पनि बिभिन्न सामाजिक सेवाका कामहरु गर्दै आईरहेको जानकारी दिएका छन् । २०२४ सेप्टेम्बर ३,४ र ५ मा उक्त बिरुवा रोप्ने कार्य गरिएको हो ।