सामुदायिक वन दिवसको अवसरमा सुकुटेमा वृक्षारोपण
साउन २५, सुकुटे । सामुदायिक वन दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
सामुदायिक वन दिवस २०८१ अवसरमा बिहिबार सुकुटे पुल देखि सुकुटेको शेरा डाँडासम्म सुकुटे ठोकर्पा सडकमा वुक्षारोपण गरिएको सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका सचिव कृष्ण सापकोटाले जानकारी दिए ।
उनका अनुसार सामुदायिक वन उपभोक्ता महासंघ सुनकोशीको आयोजना तथा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोकको सहकार्यमा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा १, ३ र ७ नम्बर वडावडाअध्यक्ष, सामुदायिक वन उपभोक्ता महासंघ सुनकोशीका पदाधिकारी, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोका अध्यक्ष महेन्द्रसिं थापा लगाएत पदाधिकारी तथा स्थानीयको सहभागिता रहेको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ सुनकोशीका अनुसार सामुदायिक वन दिवसको अवसरमा तय गरिएको ३ दिने कार्यक्रम २४, २५ र २६ गते मनाएर शनिबार सकिँदैछ ।
दिवसको अवसरमा मुलुकभरमा रहेका २२ हजारभन्दा धेरै सामुदायिक वनले पनि विभिन्न कार्यक्रम गरिरहेका छन् ।
‘सुसासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी’ भन्ने नाराका साथ ३ दिन कार्यक्रम गर्न यो वर्ष तय गरिएको थियो ।