पाँचपोखरी थाङपालमा रहेको प्रहरी चौकीे भवनको उदघाटन

बैशाख १८, थाङपालधाप । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको नवनिर्मित प्रहरी चौकी भवनको उदघाटन गरिएको छ । नवनिर्मित कार्यालय, ब्यारेक तथा मेस भवनको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले मंगलबार उदघाटन गरेका हुन् ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित बजेट २ करोड ६६ लाख ७३ हजार लागतमा गाउँपालिका ६ स्थित टारमा २ तले सुविधा सम्पन्न प्रहरी चौकी भवन बनेको हो । नवर्निमत भवन उदघाटन पछिको औपचारिक कार्यक्रमलाई सम्वोधन गर्दै बोल्दै बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले सुविधा सम्पन्न प्रहरी चौकी भवन भवन तयार भएपछि यहाँबाट प्रहरीले सरल र सहज तरिकाले सेवा प्रवाह गर्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे ।

समुदघाटन कार्यक्रममा बागमती प्रदेश सांसद कृष्ण कुमार तामाङ, पाँचपोखरी थाङपाल गा.पा.का अध्यक्ष टासी लामा, प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किसन सिंह थापा, प्रहरी उपरीक्षक सन्तोष खड्का लगायत स्थानीय सयौंको सहभागीता रहेको थियो ।

प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराईका अनुसार प्रहरी चौकी भवन वि.सं २०७८ चैत १७ गते सम्झौता भइ निमार्ण कार्य थालिएकोमा २०८० चैत ३० गते भवन निमार्ण सम्पन्न भएको थियो । बैकुण्ठ के एण्ड जे जेभी गठ्ठाघर निमार्ण कम्पनीले भवन निमार्ण गरेका हुन् ।