कृष्ण रत्न गंगाको ७७ औँ बार्षिकोत्सव सम्पन, शिक्षा ऐनको कारण समस्या –नगरप्रमुख सापकोटा

निर्मल बस्नेत ÷चौतारा
(१९ पौष २०८०) सिन्धुपाल्चोक जिल्लाको जेठो बिद्यालय श्री कृष्ण रत्न गंगा माध्यमिक बिद्यालयको ७७ औँ बार्षिकोत्सव सम्पन्न भएको छ ।

बिद्यालयको ७७ औँ बार्षिकोत्सव, ४८ औँ अभिभावक भेला तथा पूर्व बिद्यार्थीहरुको पुर्नमिलन कार्यक्रमका प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले देशको संघीय शिक्षा ऐन समयमा स्पष्ट किटानसहित निर्माणमा ढिलाईका कारण धेरै समस्या झेल्नुपरेको बताए । उनले यहि समस्याको बिचपनि कतिपय विद्यालयमा विद्यार्थी कम र कतिपय विद्यालयमा चाप परेकोले अघिल्लो बर्ष बिद्यालय मर्ज र दरबन्दी मिलानको काम नगर कार्यपालिकामार्फत निर्णय गरेर कार्यन्वयनमा ल्याएको समेत उल्लेख गरे ।

मेयर सापकोटाले श्री कृष्ण रत्नगंगाले गरेको रचनात्मक तथा सिर्जनात्मक क्रियाकलापको खुलेर प्रशंसा गरे ।
कार्यक्रम प्रारम्भमा नगरप्रमुख सापकोटाले पानसमा बत्ति बालेर साथै स्मार्ट बार्डमार्फत विद्यालयको पेजमा स्मारिका बिमोचन गरेका थिए ।

अभिभावक तथा पूर्व विद्यार्थीहरुको तर्फबाट बोल्दै कमलचरण कक्षपतिले विद्यालयमा विद्यार्थीहरुमा अराजकता र अनुशासनहिन गतिबिधि बढेकोले नैतिक शिक्षाको आवश्यकता रहेको तर्क गरे ।

विद्यार्थीहरुको तर्फबाट बोल्दै कक्षा ११ मा अध्यनरत छात्रा सलिना श्रेष्ठले स्मार्ट बार्ड, बिज्ञान प्रयोगशाला र वालमैत्री शिकाई र कक्षाकोठा व्यवस्थापन भएकोमा खुसी व्यक्त गरिन् । उनले आगामी दिनमा बिद्यँलयदाई खेल सामग्री उपलब्धता भए खेलमा पनि राम्रै सफलता पाउने बिस्वास लिएकी छिन् ।
त्यस्तै समाजसेबी रामचन्द्र श्रेष्ठले बिद्यालयको गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि शैक्षिक छात्रवृतिउपलब्ध गराउन उनकी दिवंगत पत्नि ज्वतीकुमारी श्रेष्ठको नाममा ५ लाखको अक्षयकोषको घोषणा गरेका छन् ।

कार्यक्रममा बिद्यालयले सञ्चालन गरेको बिबिध सिर्जनात्मक तथा रचनात्मक क्रियाकलापमा उत्कृष्ठ हुने, कक्षागत रुपमा उत्कृष्ठ हुने बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
बिद्यालयको अभिभावक, समाजसेवी, पत्रकार, शिक्षक विद्यार्थीहरुको सहभागितामा भएको कार्यक्रममा जुनियर रेडक्रश, सुरक्षा सेवा दल, र बिद्यार्थी कलाकारहरुको नृत्य र बाजागाजासहितको बेजोड प्रस्तुतीले मनोरञ्जनपूर्ण रुपमा सम्पन्न भएको थियो ।