नेपालमा सबै राजा, अर्को राजा फेरि किन ?
चित्र भन्दा बिचित्रको हाम्रो देश नेपाल । अहिले गाई गुइ फेरि नेपालमा राजा ल्याउने कुरा चल्दैछ । नेपालमा यति धेरै राजा छ्न फेरि अरु राजा ल्याएर राख्ने कहाँ ? २०६३ साल अघि नेपालमा २४० वर्षको निरन्तरताको राजा त थिए नै । त्यसभन्दा पछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र अएपछि पनि राजनैतिक दलका सबै राजा । पहिला वंशको आधारले ज्ञानेन्द्र राजा थिए भने अहिले प्रचण्ड राजा, ओलि राजा, देउवा राजा, लिङ्देले राजा, रबी राजा, दुर्गा प्रसाईं राजा, बिप्लब राजा, राम चन्द्र राजा, बाबुराम राजा, उपेन्द्र राजा, चित्रबहादुर राजा, कमल थापा राजा । अझ भनौ ४६ साल बाट यता नेपालमा राजै राजा । संख्याको हिसाब गर्दा राजा भन्दा महारानीको संख्या अलिक कम देखियो । विद्या रानी, आर्जु रानीलाई सम्म टपेर अहिले शान्ति बरालले महारानीको पद धारण गरिन ।
आफ्नै वंश जोगाउन नसक्ने, वंश हत्याको आरोपलाई नेपाली जनता सामु चिर्न नसक्ने, आफ्नो राजकाज आफै चलाउन नसक्ने, आफुलाइ लागेको मुर्ति चोरको अभियोग अप्रमाणीत गर्न नसक्ने, आफ्नो सत्ता जोगाउन नसक्ने, वंश र जन्मकै आधारमा राजा मानिदिनु पर्ने ? श्रीमान गम्भीर ……भन्दै अब फेरि हाम्रो राजा हाम्रो देश प्राण भन्दा……भनेर हामी त्यहि पुरानै राजाको स्तती गाउने ? के हामीले २४० बर्ष सम्मको राजाको शासनको बर्बरता बिर्सेको हो त ?
ओलि महाराजा कान्ड्को नाइके, उनी जोकको राजा । सबभन्दा बढी भ्रष्टाचार काण्ड । कान्ड माथी महाकान्ड कतिकति । अगाडी पछाडि सुन्ड मुन्ड तैनाथ छन् । उनको शासनकालमा देशको राजनीति र अर्थ व्यावस्थाको धज्जी उडाए । धर्म प्रसाद ढकाल लगायत सोझो नेपाली किसानको हत्या गरि १४ बर्ष जेल जीवन बिताइ प्रजातन्त्र र लोकतन्त्रको नाममा राज्यको अरबौ सम्पत्ति भ्रष्टाचार दोहन गरेको आरोप खेपिरहेका छन् । आफ्नो बिग्रेको मगज र मृगौला फेर्न करोडौं रकम राज्यको सकेर देशको अर्थतन्त्र डमाडोल पार्दा समेत नचेतेका केही अरिङालहरु अब फेरि ओलिलाइ महाराज मान्ने रे । महाराज बनाउनु भन्दा अगाडी बेचिएको महाकाली, लिपुलेक फिर्ता सगै १८ काण्डको फेहरिस्त जनतालाइ सुनाउ । अनि जनताले राजा मान्ने छन् ।
त्यस्तै अहिलेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ राजा । १० बर्षको जनयुद्धमा १७ हजार निहत्था जनताको हत्याको बलिदानबाट ल्याएको गणतन्त्रले आखिर के दियो त ? यहि तमासा हेर्न ल्याएको हो गणतन्त्र प्रचण्ड माहामहिम ? सिमित व्याक्ति र तिनै पुराना सामन्त धनी बनाउन ल्याएको हो गणतन्त्र ? वास्तवमा नेपाली जनताले के पाए त ? कहाँ पुग्यो देश ? के भयो देशको आर्थिक, सामाजिक अवस्था ? माओवादमा यहि लेखेको छ ? जनयुद्ध धनयुद्धमा परिणत भयो कि भएन ? शासन त थोरै बहुत हेरियो, हजुरको एकवर्र्षको प्रधानमन्त्री काल पनि हेरियो । के अब फेरी एकपटक राजा भएको हेर्नु पर्ने हो ? आज माओवादी नेताकार्यकर्ताहरु कहाँ पुगे ? हिजो कस्ता थिए ? पार्टी कहाँ र कस्तो थियो ? अब तपाईहरुका कति छ्न पार्टीसंग जनता ? के साच्चै माओवादी केन्द्र पार्टी नि हो त ? अब पनि तपाईंलाई राजा मान्नु पर्ने हो ?
त्यस्तै जोतिशीले ७ पटक प्रधानमन्त्री हुन्छौ भनेर बुढेशकालमा अझै प्रधानमन्त्रीको दाउमा रहेका शेरबहादुर देउवा । अहिले सम्मकै सबैभन्दा ठुलो राजा । सबभन्दा बढी राजकीय सता चलाएको ? आफ्नै महारानीको गतिलो साथ उनलाई भयो । मुलुक सक्ने काङ्ग्रेस उनै माहाराज । बुढानिलकण्ठ दरबाट हेर्दा जनताको धुरीबाट धुवा आयो कि आएन हे¥यौ ? नत्र बिपि, गिरिजा र गणेशमानले हिँडाएको बाटोमा कांग्रेस हिड्यो त ? अहिले कहाँ पुग्यो काग्रेस ? बिपि सगै सति गएको बिपीको बिचारले कांग्रेसीलाई घरीघरी तर्साउछ कि तर्साउदैन ? कांग्रेसले गरेको कर्तुत थाहा छ कि छैन ? सबैभन्दा बढी भ्रष्टाचार कांग्रेसको शासनकालमा पनि भयो । सबैभन्दा बढी कलकारखाना कांग्रेसकै पालमा बन्द भएको होइनर ? ०४६ साल पछि सबैभन्दा बढी सत्ताको साँचो कांग्रेसको हातमा थियो त । देउवा राजा अनि देउवालाई राजा मान्न तयार कांग्रेसी हरु साँच्चै छातीमा हात राखेर भन अझै देउवालाई राजा मानी दिनु पर्ने हो ? अनि आर्जुलाइ महारानी मान्नु् पर्ने हो ? भोलि हामी सबै नेपाली बेचियौ भने जिम्मेवार को ?
हँुदा हँुदा अब दुर्गा प्रसाई, रबी लामिछाने, ज्ञानेन्द्र शाही, पुन्य गौतम, तारा बराल, शान्ति बराल लगायत उदाउँदा नव राजा रानीको रुपमा देखिए । के उनीहरुलाई यो देश सुम्पनु पर्ने हो ? कठै मेरो देशको राजनीति ! यहि हो हामीले चाहेको देश ? यहि हो हामी नेपालीको भाग्य र नियती ? कति आन्दोलन गर्ने अब नेपाली जनताले ? कति तन्त्र फेर्ने हो अझै ? के–के तन्त्र ल्याउने हो अझै ? विगतमा राणा काल, राजतन्त्र, पन्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र अब के तन्त्र हेर्न बाँकी छ ?
तन्त्र आए पनि वास्तविक जनताको पक्षमा नीति निर्माण गर्ने राजनीति गर्ने को चाँहि देखियो र ? एउटा् पार्टीको खाइ सकेर हिजोका पन्च, कांग्रेस, एमाले, माओवादीनै अबका नयाँ पार्टीको राजा हुने हँुदा नेपालको राजनीति अझै ५० बर्ष यस्तै हुन्छ की आम नेपालीलाई चिन्ता छ । जुनसुकै व्यवस्था ल्याएर गरेपनि नेपाल र नेपालीको नियति त्यस्तै हुन्छ भन्ने कुरा आम जनताले निराश भईसके । यदि साँच्चै यो मुलुकमा केही गर्नुछ भने सबैले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर आफू बदलिएर मुलुक बदल्न लागौं । अब बुढा पाकाले सत्तामोह छाडौं । यहाँ मुलुक हाक्ने युवा नेपालमा जन्मेका छन् । यहि व्यावस्थालाई सुधार गरौ । अन्ततः नेपालमा राजनीति अफाफ सिद्द देखियो । जसको लागि जनतालाई प्रयाप्त सेवा सुविधा सहितको अत्यन्तै कडा शासक र शासन व्यवस्था आजको आवश्यकता देखियो । सबैले मनन गरौं ।
(प्रकाशित लेख किशोर दुलालले सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएको निजी विचार साभार)