चौसागढी नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न, ९२.९९ प्रतिशत वित्तीय प्रगती हासिल
निर्मल बस्नेत
२८ असार (२०८०) चौतारा । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न भएको छ । आागामी आर्थिक बर्ष २०८०÷०८१ को लागि १ अर्ब भन्दा माथिको बजेट ल्याएको छ । नगरपालिकाले नगरसभामार्फत २४ करोड ५२ लाख रकमको बजेट पारित गरेको छ ।
अघिल्लो आर्थिक बर्षमा ९२.९९ प्रतिशत बितीय प्रगती हासिल गरेको, ८१.३२ भौतिक प्रगती भएको र २५ करोड ५० लाख ४६ हजार ९ सय ९२ रुपैया राजस्व संकलन भएको विवरण नगरसभामा सार्वजनिक गरिएको थियो ।
यसभन्दा अघि २०८० असाढ ८ गते बिहिबार भएको नगरसभामा नगर उपप्रमुख सिता थापाले प्रस्तुत गरेको बजेत नीति तथा कार्यक्रममा कृषि तथा पशुन्छी विकास, रोजगार, स्वास्थ्य,शिक्षा, पर्यटन, भौतिक पूर्वाधारलाई नीति तथा कार्यक्रमको विशेष प्राथमिकतामा राखिएको थियो । यसरी नगरले प्रस्तुत गरेको बजेटमा भौतिक विकासको साथै सामाजिक बिकासलाई पनि महत्व दिएको देखिन्छ ।
नगरपालिकाले विभिन्न साझेदार संस्थाहरुसंग सवन्वय गरि गर्ने कार्यक्रको लागि पनि विषेस महत्वकासाथ २ करोड विनियोजन गरेको छ । कृषि क्षेत्रका लागी ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ भने पशु विकास सेवाका लागी १ करोड ५० लाख र रोजगार सिर्जनाका लागी १ करोड ५० लाख बजेट विनियोजन गरेको छ । यस्तै स्वास्थ्य तर्फ ३ करोड, शिक्षा युवा तथा खेलकुद तर्फ ४ करोड ७० लाख रकम विनियोजन गरेको छ । नगर गौरवका योजनाका लागी १ करोड लगायत अन्य शिर्षकहरुमासमेत बजेत विनियोजन गरेको छ ।
पुर्वाधार तर्फ सिंचाई खानेपानी तथा सरसफाई समेतलाई गरी ८ करोड बजेट बिनियोजन गरीएको नगरपालिकाले जनाएको छ । बिभिन्न वडा कार्यलय भवन निमार्ण तथा भवन मर्मतका लागी १ करोड ५० लाख बजेट विनियोजन यरीएको छ । लक्षित वर्गका लागी लक्षित गरि १ करोड ७० लाख बजेट विनियोजन गरेको छ । र, प्रत्येक वडाको लागि ८५ लाखको दरले ११ करोड ९० लाख रुपैया वडास्तरीय योजनाको लागि बिनियोजन गरेको कुरा नगरसभामार्फत सार्वजनिक गरेको छ ।
नगरसभाका अध्यक्ष नगरप्रमुख कृष्णप्रसाद सापकोटाले तिब्रगतिमा सवैको भूमिकालाई शसक्त बनाई समृद्ध नगर निर्माणमा जुटिरहेका बताएका छन् । उनले भने “हामीले यो पटक नगरकार्यपालिकाको बैठकमा उच्च समझदारी कायम गरेर बजेटको बाँडफाड गरेका छौँ, यसलाई कार्यन्वयन गर्न आउदो भदौपछि नैै कार्यन्वयनमा ल्याई चैत्र मशान्तसम्म योजनाहरु कार्यसम्पन्न गरि विकास निर्माणको कामलाई सार्थक बनाउने लक्ष्य लिएको उद्घोष गरे । नगरप्रमुख सापकोटाले नगरभित्र कृषि, शिक्षा,स्वास्थ्य र पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकतामा राखिएको जानकारी गराए ।
नगरसभाको उपाध्यक्ष एवं नगर उपप्रमुख सीता थापाले पेश गरेको बजेट पारित भएको छ । बजेट पेश गर्दै उपप्रमुख थापाले शिक्षामा निशुल्क बनाउने अभिप्रायले यो बर्ष भौतिक सुधार र दरबन्दी मिलानमा जोड दिईएको, गत बर्र्षको नगर गौरबकको योजनामा कुविण्डेमा सित भण्डार निर्माण अघि बढार्ईएको, बाँदर दुम्सी र बदेल नियन्त्रणको लागि नीती तथा कार्यक्रम र बजेटको व्यवस्था गरिएको, बन वातावरण, उद्योग, पर्यटन र बिपद् व्यवस्थापनको लगि बिशेष योजना र बजेटको व्यवस्था गरिएको जानकारी गराएकी थिईन् ।
नगरसभामा नगरपालिकाको आर्थिक ऐन र बिनियोजन बिधेयक २०८० पनि प्रस्तुत पारित भएको छ । प्रस्तुत विधेयकको आर्थिक ऐनमा नगरभित्र राजस्व संकलन तथा व्यवस्थापनको कुरा उल्लेख छ । त्यस्तै बिनियोजन विधेयकमा नगरले विषयगत रुपमा विनियोजन गरेको शिर्षकमा कुनैमा बचत र कुनैमा अपुग देखिएमा रकमान्तर गर्न सकिने व्यवस्था गरेको उल्लेख गरिएको छ । नगरसभावाट ल्याएको बजेट एक आर्थिक बर्षको लागि भनेर ल्याईएको हो ।
नगरसभामा नगरपालिकाको सेवा सम्पादनमा ५ जना उत्कृष्ठ कर्मचारी छनोट गरि सम्मान एवं पुरस्कृत गरिएको छ । सम्मानीत हुनेहरुमा सब इन्जीनीयर रबिन सापकोटा र रामहरी नेपाल, शिक्षा शाखामा कार्यरत कम्प्युटर अपरेटर सितराम घिमिरे ‘अमित’,प्रशासन शाखामा कार्यरत कम्प्युटर अपरेटर आनन्द धिताल र लेखा शाखामा कार्यरत सहायक कम्प्युटर अपरेटर जुना लामा रहेका छन् । उनिहरुलाई नगद ५ हजार र सम्मान पत्रद्धारा नगरप्रमुखले सम्मान गरेका हुन् ।