लिसंखुपाखरको नीति तथा कार्यक्रम स्विकृत, झण्डै ५२ करोडको बजेट
बैशाख ११, लिसंखुपाखर । लिसंखुपाखरको असार १० गते आईतबार सम्पन्न गाउँसभाको १३ औं अधिवेशनबाट नीति तथा कार्यक्रम पास भएको छ । गाउँपालिका उपाध्यक्ष मिठूदेवी लामाद्वारा प्रस्तुत गरिएको बजेटमा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷८१ को लागि चालु तर्फ ३२,४९,८५,५०० अर्थात ६७.१% र पुंजीगत तर्फ १८,८६,९८,८०५ अर्थात ३२.९% गरि कुल बजेट ५१,९६,०५,५०० को बजेट उल्लेख छ ।
गाउँपालिका अध्यक्ष राजु लामाद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले बिशेष गरि गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषिको व्यावसायीकनण, आधुनिकिकरण, बजारीकनण, रोजगारीको शृजना, स्वरोजगार र उधमशिलताको विकास, सामाजिक सुरक्षा र संलक्षण, महिला तथा बालबालिकाको शसक्तिकरण, लैंगीक तथा गाउँपालिकाको सर्वागींण बिकास र समृद्दीलाई प्राथमिकिकरण गरि स्विकृत गरिएको छ ।
उनका अनुसार गाउँसभाबाट स्विकृत गरिएका महत्वपूर्ण कार्यक्रमहरुमा सहिद तथा वेपता योद्धाका परिवार र द्वन्द्ध पिडित व्यक्तिको सामाजिक उत्थान र सम्मानका लागि पुर्नस्थापना र व्यवस्थापन कार्यक्रम संचालनलाई विशेष प्राथमिकता राखिएको छ । गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, लगानी सम्मेलन आयोजना, गाउँपालिकासंग जनता रेडियो कार्यक्रम, डिजिटल गाउँपालिका निर्माण अभियान, वित्तिय सुशासन अभियान र पढदै कमाउदै कार्यक्रम उल्लेख गरिएको छ । त्यस्तै गाउँपालिकासंग किसान कार्यक्रम र चुलिडाडा जिपलाइन सम्भावना अध्ययन गरिने उल्लेख छ । गाउँसभाबाट कम्तिमा ३ वटा समाजवादी मोडेलका नमुना समाजवादी गाउँ÷टोल निर्माणा गरिने नीति पास गरिएको छ ।
त्यस्तै राजस्व परिचालन सम्बन्धि आर्थिक बिधेयक, विनियोजन विधेयक, मध्यकालीन खर्च संरचना सम्बन्धि प्रस्ताव, गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सम्बन्धि प्रस्ताव पास गरेको छ ।
साथै यहि सभा मार्फत सबैभन्दा राम्रो काम गर्ने विभिन्न ५ वटा भिन्न शिर्षकका ५ वटा उपभोक्ता समितिलाई सम्मान, सबैभन्दा छिटो काम सम्पन्न गर्ने वडाअध्यक्ष र वडा प्राविधिकलाई सम्मान (४ न वडाध्यक्ष भक्तलाल शाक्य वडा प्राविधिक आशिकि लामार गाउँपालिका लाई सबैभन्दा बढि कर तिर्ने करदाता हरि श्रेष्ठ वडा न ४ र राजस्व उठाउने कर्मचारी राजस्व शाखा प्रमुख कृष्ण योञ्जन लाई सम्मान गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर विष्टले जानकारी दिए ।
त्यस्तै सबैभन्दा अनुपातमा बढि राजस्व उठाउन सफल वडा न ४ लाई सम्मान र सबैभन्दा बढि कर उठाउने वडा न ७ लाई समेत सम्मान गरिएको छ ।