सेलाङ माविकाे ६२ आै बार्षिकाेत्सव सम्पन्न
निर्मल बस्नेत
माघ १७, सेलाङ (सिन्धुपाल्चाेक) । जुगल गाउँपालिका वडा नम्बर १ काे सेलाङ माध्यमिक बिद्यालयकाे ६२ आैँ बार्षिकाेत्सव , अविभावक भेला तथा भूतपुर्व बिद्यार्थी पुर्नर्मिलन कार्यक्रम सम्पन्न भएकाे छ । याे संगै उक्त बिद्यालय ६१ बर्ष पुरा गरि ६२ बर्षमा प्रबेश गरेकाे हाे ।
बार्षिकाेत्सव कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुवाेधले मासु भाग लगाए जस्तै जसरी शिक्षकलाई बिभिन्न भागमा बिभाजन गर्ने बिभेदकारी निति प्रकृया रहेकाेले यसलाई सच्याउन आवश्यक रहेकाे बताए ।
शिक्षकहरुलाई एउटै करारसुची तयार पारी आवश्यक सेवासुविधा सहित काममा खटाउदा उचित हुने बताए,साथमा संघिय शिक्षा ऐन ल्याउनुपर्ने खाँचो महसुस गरे । संगै रत्न राज्यलाई जुगलकाे केन्द्रीय रुपमा शैक्षिक हप बनाउने तयारीमा लागेकाे बताए । जसकाे लागि २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल बार्षिकाेत्सवमा ल्याएर ध्यानाकर्षण गराउने पहलकदमीमा लागिपरेको बताए ।
बाग्मति प्रदेश सभा सदस्य सरल सहयात्री पाैडेलले बिद्यार्थीलाई मात्र पढाएर शिक्षामा परिवर्तन नआउने भन्दै जवसम्म अविभाबक र समुदायलाई पढाउन सकिदैन तवसम्म शिक्षाको गुणस्तर उकास्न नसकिने जनाए । साेकाे लागि अविभावकहरुसंग नजिक रहेर मात्रै वास्तविक कुरा पत्ता लगाउन र साेहिमुताबिक शिक्षण गर्न शिक्षकहरुलाई आग्रह गरे । पाैडेलले आफुलाई धेरै स्वागत सत्कार मन नपर्ने भन्दै बिद्यार्थीहरुसंगै बसेर अन्तरक्रिया गर्ने मन रहेकाे बताए ।
कार्यक्रमका बिषेश अतिथि जुगल गाउपालिका अध्यक्ष रेशम स्याङ्वाेले खेलमैदानकाे हिसावले जुगलभरकै पहिलाे बिद्यालय भएकाेले शिक्षाकाे गुणस्तरमा पनि पहिलाे बनाउने दिशामा लाग्न आग्रह गरे । उनले भने हामी सिन्धुपाल्चोककाे जुगलबाटै शिक्षामा केहि नयाँपन दिन लागिरहेका छाैँ, र यसमा सवैले सहयाेग रहनुपर्नेमा जाेड दिए ।
त्यस्तै वडा अध्यक्ष जनक बहादुर तामाङले सेलाङकाे शिक्षाकाे गुणस्तरमा ध्यानदिनुपर्ने बताए । उनले साथमा स्वास्थ्य र सडक खानेपानीको पनि काममा जाेडदिनुपर्ने भन्दै प्रदेश र प्रतिनिधि सभाका सांसदहरूकाे ध्यानाकर्षण गराएका थिए ।
सामुदायिक बिद्यालयकाे शैक्षिक गुणस्तर खस्किएकोप्रति पूर्व प्रधानाध्यापक नेत्र बहादुर कार्कीले सवै अविभावकलाई चनाखाे हुन आग्रह गरे । साथै समाजका अगुवाहरुले नीजि बिद्यालयमा आफ्नो वालवालिका पढाएर गाउँघरकाे सामुदायिक बिद्यालय खाली हुदै गएकाे भन्दै उपस्थित सांसदहरुकाे ध्यानाकर्षण गराएका थिए ।
बिद्यालयमा स्थापाना भएकाे अक्षयकोष बाट गरिब, जेहेन्दार तथा उत्कृष्ठ अंक प्राप्त गर्नेहरुलाई छात्रवृत्ति बितरण गरिएको थियाे । साथै बिद्यालयमा सञ्चालित अतिरिक्त क्रियाकलापमा प्रथम, दीतीय र तृतिय हुनेहरूलाई पुरस्कार बितरण गरिएको थियाे । साथै पुर्व शिक्षिका मुना बस्नेत सिलवाललाई सम्मान गरिएको थियाे ।
शिक्षक हरी सिलवालकाे उद्घाेषणमा सञ्चालित कार्यक्रममा बिद्यालयकाे प्रधानाध्यापक फिराेज सिलवालले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने शिक्षक तुलाबहादुर सिलवालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बिद्यार्थीहरुकाे बिबिध साँस्कृतिक प्रस्तुति र अविभावककाे घ्याम्पाे फुटाउने रमाइलो खेलले मनाेरञ्जनात्मक भएकाे थियाे ।