वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन मजदुर नेताको आह्वान
कार्तिक ९, काठमाडौं । वाम लोकान्त्रिक गठबन्धनलाई जिताउन अखिल नेपाल सेक्युरेटी मजदुर संघका केन्द्रीय सचिव रमेश नेपालले आह्वान गरेका छन् ।
सेक्युरेटी मजदुर संघको केन्द्रीय कमिटिको सचिव तथा श्रम र प्रशासन हेर्ने विभागीय जिम्मेवारीमा रहेका मजदुर नेता नेपालले मजदुर संगठनले पहिलो प्राथमिकता जिल्लामा रहेका गठबन्धनलाई सहयोग गर्ने निर्देशन भएको बताए । सिन्धुज्वालासंगको भेटमा कुरा गर्दै मजदुर नेता नेपालले भने, ‘मजदुर संगठनको तर्फबाट वाम लोकतान्त्रिक गठबन्धनका सम्पूर्ण उम्मेदवारहरुलाई मजदुरहरुले सहयोग गर्नेछन ।’ । संगठनले मजुरबाट उठेका उम्मेदवार तथा गठबन्धनबाट उठेका उम्मेदवारहरुलाई सहयोग गरिने समेत उनले जानकारी दिए ।
मजदुर संगठनमा रहेर काम गरेका मध्ये शालिकराम जमकटेल, जगत सिमखडा, ओखलढुङ्गाबाट बाट बाबुराम गौतम तथा २ नम्बर प्रदेशबाट सोनालाल शाह लगाएत उठेका छन् । मजदुर वामलोकतान्त्रिक गठबन्धन उम्मेदवार साथै मजदुर नेताहरुको विजयको सुनिश्चितका लागि मजुर संगठनले देशैभरी अभियान चलाईएको उनको दावी छ ।
नेपाल अखिल नेपाल सेक्युरेटी संघको सिन्धुपाल्चोकको जिल्ला ईन्चार्ज भईसकेका व्यक्ति हुन् । उनी त्यसपछि ट्रेड युनियन माहासंघको अध्यक्ष भएका थिए । केही समय अघि मात्र सिन्धुपाल्चोक जिल्लाको ट्रेड युनियन माहासंघको ईन्चार्ज भएका नेपाल पछिल्लो पटक अखिल नेपाल सेक्युरेटी मजदुर संघको केन्द्रीय कमिटिको सचिव तथा श्रम र प्रशासन हेर्ने विभागीय जिम्मेवारीमा रहेका छन् ।