लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान समापन जिल्लाभर एकैसाथ कार्यक्रम

मंसिर २५, चौतारा (सिन्धुपाल्चोक) । लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान समापनको अवसर पारेर सिन्धुपाल्चोकमा एकै साथ कार्यक्रम सम्पन्न गरिएको छ ।
१२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा सबै पालिकाले पालिका स्तरीय कार्यक्रम गरी यो अभियानको समापन गरेका छन् ।
यसै सन्दर्भमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजना तथा गैर सरकारी संस्था माहासंघको समन्वयमा चौतारामा शुक्रबार यो अभियानको समापन गरिएको हो ।

७३ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवस तथा लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान समापन तथा अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले अभियानलाई प्रत्येक जनताको मन मष्तिकमा पु¥याउने उद्घोष गरेका छन् ।
जिल्लामा रहेकोे गैरसरकारी संस्थाहरुको सहकार्यमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि रहेका जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले यस्ता अभियानहरु अभियानमा समिति नभएर उपलब्धी मुलक हुनपर्नेमा जोड दिए । तामाङले न्याय र समानतामुलक समाज निर्माणका लागि सबै सरोकारवालाहरु सक्रिय हुनपर्ने तर्क पेश गरे । समाजको रंगिन आवरणलाई रंगिन बनाएर मात्रै हिंसा अन्त्य नहुने धारणा राख्दै प्रमुख तामाङले समाजलाई आँशुमा होईन हाँसोमा रुपान्तरण गर्नु पर्ने बताए ।

त्यसैगरी कार्यक्रममा विशेष अतिथि तथा प्रमुख जिल्ला अधिकारी वेधनिधि खनालले नेपालको मानव अधिकारको अवस्था खासै सन्तोषजनक नरहेको बताए ।
प्रजिअ खनालले महिला हिंसा रोक्न आफ्नो घरैबाट अभियानको थालनी गर्न आवश्यक रहेको बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजन अधिकारीले सिन्धुपाल्चोकमा आर्थिक वर्ष २०७५÷०७६ मा १४४, ०७६÷०७७ मा १४४ र चालु आर्थिक वर्षमा ३२ घटना महिला हिंसाका घटना दर्ता भएको जानकारी दिए । उक्त कार्यक्रममा गैरसरकारी संस्था माहासंघका जिल्ला अध्यक्ष गोविन्द प्रसाद सापकोटा र एनसी नेपालका अध्यक्ष हर्क तामाङले मानव अधिकार उलंघन र महिला हिंसाको वर्तमान अवस्थाबारे आफ्नो धारणा राखेका थिए । ईन्सेक प्रतिनिधि नातिबाबु धितालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैबीच सोही दिन लैगिंक हिंसाको १६ दिने अभियानकै अवसर पारेर चौतारा साँगाचोकगढी नगरपालिकाले पनि छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । घरैबाट सुरु गरौ महिला हिंसा अन्त्य गरांंै भन्ने मुल नाराका साथ गरिएको कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयको जिल्ला न्यायधिवक्ता निमा घिमिरेले मानव अधिकार र महिला हिंसाको वर्तमान अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, जिल्ला प्रहरी प्रमुख राजन अधिकारी लगाएतले मन्तव्य राखेका थिए । चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर जानुका पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
यसैबीच जुगल गाउँपालिकाले पनि लैंगिक हिंसा विरुद्वको १६ दिने अभियानको अवसर पारेर विविध कार्यक्रम गरेको छ ।