पत्याउनुहोस सिसि क्यामाराले कामै गर्दैन !

मंसिर २३, चौतारा (सिन्धुपाल्चोक) । भनिन्छ, सिसि क्यामाराले जे देख्छ त्यहि लेख्छ । तर पत्याउनुहोस सार्वजनिक स्थानमा राखिएका क्यामाराले कुनै काम गर्दैन । किनकी ति क्यामारा खास कामका लागि भन्दा देखाउनका लागि मात्र राखिएका हुन् ।
विशेष त सुरु सुरुमा बैंक तथा वित्तीय संस्था, प्राभाईभेट कम्पनी तथा ठूला ओहदाका व्यक्तिहरुले राख्ने प्रचलनलाई पछिल्लोपटक सबैतिर सिसि क्यामारा राख्ने होडबाजी नै चलेको छ ।

जसमा सरकारी कार्यालय देखि सडक र बजारका चोक चोकमै भेटिन्छ । स्थानीय सरकारले समेत सिसि क्यामारालाई आफ्ना मातहातका कार्यालयहरुमा राखेका छन् । नीति तथा कार्यक्रममै समावेश गरेर कार्यालय देखि सार्वजनिक स्थलमै सिसि क्यामारा राख्ने निर्णय गरेका छन् । ‘तपाई सिसि क्यामाराको निगरानीमा हुनुहुन्छ ’ भनेर लेखिएका पोष्टर झुण्डाएर राखिएका क्यामाराले कति प्रभावकारी काम गर्न सक्ला ? भन्ने कुरा स्वयं सम्बन्धित व्यक्तिलाई नै थाहा नभएको एक अध्यायनले देखाएको छ ।

सिसि क्यामाराको प्रभावकारीता र क्वाईलिटी मापन नगरी राखिएका त्यस्ता सामाग्रीले आवश्यक पर्दा कुनै काम नगर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक राजन अधिकारीको तर्क छ ।

शान्ति सुरक्षालाई मध्यनजर गर्दै चौतारा बजारमा जडान गरिएका सिसी क्यामेराले अपराध नियन्त्रणमा कुनै काम नगर्ने उनले ठोकुवा गरे ।
सदरमुकाम चौतारामा हुने अपराधका घटना नियन्त्रण गर्न आफूले नगरपालिका संग भरपर्दो र विश्वासनीय खालको सिसि क्यामारा जडान गर्न सुझाए पनि बजारमा नाम मात्रैको राखिएको प्रउ अधिकारीको भनाई छ । उनका अनुसार बजार चोकहरुमा सिसी क्यामेरा बिग्रिएर काम गर्ने छोडेको धेरै समय बितिसक्दा पनि मर्मतमा कसैको ध्यान जान सकेको छैन ।

सिसि क्यामारा भनेपछि जस्तो पनि हुन्छ भन्ने मानसिकताले गुणस्तरीय क्यामारा नआएको स्थानीयको दावी छ ।
वैंक तथा वित्तिए संस्थाहरुले समेत भित्र सिसि क्यामारा राखेपनि बाहिर भने राखेका छैनन् । यसले अपराधममा संलग्न भएकाको पहिचान सजिलै नहुने उनको भनाई छ । भएका सिसि क्यामाराको फुटेजमा तस्विर फाटिने हुँदा पहिचान गर्न मुश्किल भएको उनले सुनाए ।
स्मरण रहोस जिल्लाका १२ वटै पालिका, सम्बन्धित कार्यालयहरु तथा मुख्य बजारहरुमा सिसि क्यामारा जडान भईसकेका छन् ।