निवर्तमान सामाजिक विकासमन्त्री दुलालको पहलमा २४ वेडको आईसोलेसन वार्ड निर्माण
बैशाख २२, चौतारा (सिन्धुपाल्चोक) । निवर्तमान सामाजिक विकासमन्त्री युवराज दुलालको पहलमा २४ वेडको कोभिड जनरल वार्ड तथा ६ वेडको भ्यान्टिलेटर सहितको आईसोलेसन वार्ड निर्माण भएको छ ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत रहेका पुर्व सामाजिक विकास मन्त्री एवम बागमती प्रदेश सांसद दुलालको प्रमुख आतिथ्यमा आज बसेको सिन्धुपाल्चोक चौतारा अस्पताल ब्यबस्थापन समितिको बैठकले चौतारा फिल्ड ट्रनिङ सेन्टरमा २४ वेडको कोभिड जनरल वडा तथा ६ वेडको एचडियु संचालन गरि उपचारात्मक सेवा प्रदान गर्ने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ट जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले सिन्धुज्वालालाई जानकारी दिए ।
उनका अनुसार चौतारा अस्पताल अन्र्तगत फिल्डट्रेनिङमा सञ्चालित १२ वेडको आईसोलेसन कक्षलाई विस्तार गरी २४ वेडको साधारण आईसोलेसन कक्ष र ६ वेडको एचडियु सञ्चालनको लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्न तत्काल प्रक्रिया थालिने भएको हो ।
स्मरण रहोस दुलाल सामाजिक विकास मन्त्री रहँदाकै अवस्थामा गत साल धुलिखेल लगाएत केही जिल्लामा कोभिड प्रयोग शाला तथा १३ जिल्लामा कोभिड अस्पताल, आईसोलेसन तथा क्वारेन्टिन वार्डहरु तुरुन्त निर्माण गरिएका थिए ।
दुलालको सक्रियतलाई स्थानीय सरकार तथा समुदायले समेत पूर्ण साथ दिएका थिए । आफु मन्त्री नहुँदा समेत निवर्तमान मन्त्री दुलालको सक्रियतालाई सिन्धुपाल्चोकबासीले नजिकबाट नियाली रहेको जानकारहरु बताउँछन् ।