सामाजिक बिकास मन्त्री दुलालद्वारा अस्पतालकाे छड्के अनुगमन

हेटौंडा । बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले प्रदेश राजधानी रहेकाे हेटौंडा अस्पतालकाे छड्के अनुगमन गरेका छन् । प्रदेश राजधानीकै अस्पतालमा डाक्टरहरूकाे डिउटीमा अनियमिता रहेकाे भन्ने सूचनाकाे अाधारमा मन्त्री दुलालद्वारा हिजाे बिहान १० बजे हेटौडा अस्पतालमा छड्के जाँच गरिएकाे उनका स्वकीय सचिव सिपी दुलालले जानकारी दिए । उनका अनुसार मन्त्री दुलाल अस्पताल पुग्दा सेवा ग्राहिको ठुलो भिड थियो तर डक्टरहरु कार्यकक्षमा भेटिएनन। प्राय सरकारी आस्पतालमा सेवा ग्राहिले भोक्दै आइरहेका यि समस्याहरु आगामि दिनमा देख्न र भोग्न नपरोस भनेेेर छड्के अनुगमन गरिएकाे मन्त्री दुलालले बताए । अनुगमन पछि मन्त्री दुलालले सम्बन्धित निकायलाइ सचेत रहन निर्देशन समेत दिए ।