बाह्रबिसे नगरपालिकाले ल्यायो ५३ करोड ४९ लाखको बजेट

बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकाले आगमी आर्थिक वर्ष २०७७÷०७८ का लागि ५३ करोड ४९ लाख १ हजार ६ सय ७० को बजेट प्रस्तुत गरेको छ ।
हिजो बसेको नगरसभाको बैठककले सो अनुपातमा बजेट ल्याएको हो । नगरपालिका अनुसार पालिकाले गत आव २०७६ ०७७ मा आन्तरिक आय तर्फबाट रु १करोड आएको पक्षेपण गरेकोमा आव २०७७÷०७८ को लागि रु १ करोड १० लाखको पक्षेपण गरेको छ । आव २०७७÷०७८ मा नगरपालिकालाई संघीय सशर्त अनुदान २० करोड ४८ लाख, समानीकरण अनुदान १४ करोड १० लाख रहेको छ ।

त्यस्तै राजश्व बाँडफाँड ७ करोड ८० लाख ५९ हजार ६ सय ७०, प्रदेश सरकारबाट सवारी साधन कर दुईकरोड २७ लाख ३२ हजार, समानीकरण अनुदान एक करोड १३ लाख ४ हजार तथा सशर्त २ करोड २४ लाख ९६ हजार रहेको छ । त्यसैगरी विशेष अनुदान ३० लाख, आन्तरिक स्रोत एक करोड १० लाख, मध्येभोटेकोशी प्रभावित क्षेत्र विकास एककरोड ६ लाख, सानीमा हाईड्रो प्रभावित क्षेत्र विकास ३ लाख, मध्येभोटेकोशी शिक्षक तलब १५ लाख, प्रदेश समपुरक अनुदान दुईकरोड ९२ लाख ८० हजार गरी ५३ करोड ४९ लाख १ हजार ६ सय ७० को बजेट ल्याईएको हो ।

नगरले संघीय सरकारबाट वडाहरुको लागि समानुपातिक विकासका लागि ४ करोड ६५ लाख र नगरपालिका चालु खर्च संघीय सरकारबाट सरकारबाट राजश्व वाँडफाँड ७ करोड ८० लाख ५९ हजार ६ सय ७० बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको बजेट पूर्वाधार विकास तथा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित रहेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । नगरको बजेट विशेष गरेर कृषि र शिक्षामा केन्द्रित गरिने उनले बताए । ‘विदेशबाट अहिले धेरै युवाहरु गाउँफर्किएका छन् । तिनलाई रोजगारी दिनेगरी कृषिमा बढोत्तरी गर्ने सोचेका छौं’, नगर प्रमुख शेर्पाले भने । त्यस्तै नगरले आगमी बजेटमा प्रत्येक वडामा कृषि संकलन केन्द्र, प्रमुख बजारमा मिनी कोल्ड स्टोर स्थपना गरिने उनले बताए । अबको बजेटमा नयाँ ट्र्याक नखोल्ने बरु पुरानै योजनाहरुलाई पुर्ताल गरिने उनले बताए ।