इन्द्रावती गाउँपालिकाले सार्वजनिक गर्यो पञ्चबर्षिय योजना

रबिन दनुवार
असार ९, नवलपुर (सिन्धुपाल्चोक)।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले पञ्चबर्षिय योजना सार्वजनिक गरेको छ।
इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले इन्द्रावतीलाई उत्पादनमुखी स्वरोजगार समृद्धको आधार बनाउने लक्ष्यका साथ विभिन्न विकासका क्षेत्रलाई सुचक गरि वि. स. २०८१ सम्मका लागि योजना सार्वजनिक गरेको हो।

योजना अनुसार गुणस्तरयुक्त पुर्वाधारहरु उत्पादकत्वमा सुधार बजारिकरण र रोजगारीको बृद्धिमा गाउँपालिका बासिको जीवन स्तरमा सुधार हुने रहेको छ ।

पालिका अन्तर्गतका निकायबाट प्रवाह गरिने सेवाको गुणस्तर बढाउदै स्थानीय उत्पादनमा बृद्धिका साथै अबको पाँच बर्षमा कम्तीमा २५ प्रतिशत आर्थिक उन्नति प्राप्त गर्ने योजनाको प्रमुख लक्ष्य रहेको पालिका अध्यक्ष तामाङले बताए ।
भौतिक बिकास आर्थिक क्षेत्र लैङ्गिक समानता लगायतको सूचक गरिएको छ।
अबको पाँच बर्षमा गाउँपालिका बासिका लागि सुविधा पुग्ने गरि योजना निर्माण गरिएको अध्यक्ष तामाङको भनाइ रहेको छ।