भोटेकोसी पावर कम्पनी स्थानीयलाई १० प्रतिशत शेयर दिन सहमत

दिनेश दुलाल असाेज २, ताताेपानी । जेन-जीकाे नाममा भाेटेकाेसी पावर कम्पनी विरूद्घ स्थानीयले करिब एकसाता देखि गरेकाे आन्दाेलन १० प्रतिशत शेयर दिने कुरामा सहमति भएसंगै आन्दोलन टुंगिएको छ । जेन-जी काे नाममा स्थानीयले गाउँपालिका प्रशासकीय भवन ताेडफाेड पछि भएकाे दुइपक्षीय छलफलमा पावर कम्पनीले भाेटेकाेसीबासीलाई १० प्रतिशत शेयर दिन तयार भएकाे हाे । ३ नम्बर वडा […]
ऊर्जा मन्त्री घिसिद्वारा तलबदेखि कुनै पनि सरकारी सुविधा नलिने घाेषणा

भदाै ३०, काठमाडौ । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आफ्नो नामको तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्ने उल्लेख गरेका छन् । सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मीबाहेक अन्य कुनै सुविधान नलिने घोषणा उनले गरेका हुन् । पदभार ग्रहण गर्दै उनले भ्रष्टाचारविरुद्ध आफूले शून्य सहनशिलता अपनाउने बताए ।‘शून्य सहनसिलता अपनाइने […]
उज्यालो नेपालका अभियान्ता घिसिङले पाए महत्वपूर्ण तीन मन्त्रालयको जिम्मेवारी

दिनेश दुलाल भदौ ३०, काठमाडौं । तत्कालिन नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ एकदिन चेपाङ बस्तीमा पहिलोपटक बिजुली बाल्दै थिए । त्यतिबेलै उनको पद चैट भयो । तत्कालीन प्रधानमन्त्री कपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको सिफारिसमा उनलाई बर्खास्त गरेका थिए । घिसिङलाई तत्कालीन सरकारले आफ्नो पूरा कार्यकालसम्म पनि काम गर्न दिइएको […]
जेन–जी ग्रुपको नाममा माथिल्लो भोटेकोसीको उत्पादनमा अवरोध, आयोजना बन्द हुँदा राज्यलाई ठूलो घाटा

दिनेश दुलाल २९ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी नदिमा बनेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाको उत्पादन चार दिनदेखि पूर्ण रुपमा बन्द गरिएको छ । जेन–जी ग्रुपको नाममा केही स्थानीयले उत्पादनमा अवरोध पु¥याएपछि २५ गते देखि आयोजनाको उत्पादन पूर्ण रुपमा बन्द भएको आयोजनाले बताएको छ । भोटेकोसी गाउँपालिका अन्र्तगत भोटेकोसी नदिमा निजी क्षेत्रबाट प्रत्यक्ष विदेशी […]
अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री सुशीला, आजै सपद खुवाईदै

भदौ २७, काठमाडौं । जेन–जी पुस्ताद्वारा गरिएको आन्दोलनबाट पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने भएकी छिन । नेपालकै इतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्न लागेकी पूर्व प्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति कार्यालय शितल निवासमा भर्खरै भएको सहमति अनुसार आज राति ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा शपथग्रहण गराइने भएको छ। राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार कार्कीको […]
कार्कीलाई प्रधानमन्त्री बनाउन जुट्यो समझदारी, संसद विघटनको विषय छलफलमै

भदौ २७, काठमाडौं । जेन–जी समुहबाट प्रस्तावित पूर्वप्रधानन्यायधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न समझदारी जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्न तयार देखिएका छन् । राष्ट्रपति पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए । सो […]
मध्य भोटेकोसी जलविद्युतको १०२ मेगावाट एकसाता भित्रै ग्रिडमा जडान गरिदैं

दिनेश दुलाल भदौ २१ (२०८२), बाह्रबिसे । सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत आयोजना मध्य भोटेकोसी १०२ मेगावाट एकसाता भित्रै ग्रिडमा जडान गरिने भएको छ । गत साता देखि तीनवटै आंशिक क्षमतामा सञ्चालन गरि राष्ट्रिय ग्रिडसंग टेष्ट सिंक्रोनाइजेसन सम्पन्न भएको आयोजनाले जनाएको छ । मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल शिवाकोटीका अनुसार तीनमध्ये एक […]
विद्यासंग किन तर्सिए ओली !

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व विशिष्टहरुको सेवा सुविधाको विषयलाई लिएर भनेका थिए–‘ पूर्व विशिष्टहरुको अवस्था के छ ? पूर्व राष्ट्रपतिले राम्रो खान, सेवासुविधा सहित राम्रो बन्दोबस्त पाएका छ की छैनन ?’ उनको यो प्रश्न पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित थियो । जतिबेला पूर्व विशिष्टहरुलाई […]
सिन्धु एमालेमा स्पष्ट गुटको पहिलो संकेत बाह्रबिसेमा, समानान्तर नगर कमिटीको आ–आफ्नै दावी

भदौ १९, बाह्रबिसे । पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा सक्रिए भएसंगै एमालेभित्र केन्द्रमा राजनैतिक तरंग फैलिएकै बेला सिन्धुपाल्चोक एमालेमा दुई गुट प्रष्ट देखिएको छ । सिन्धु एमालेमा स्पष्ट गुटको पहिलो संकेत बाह्रबिसे नगरमा समानान्तर कमिटी बनाइएपछि खुलेको छ । सोमबार छुट्टाछुट्टै भेलाबाट समानान्तर कमिटी बनाइएको हो । जिल्ला अध्यक्ष होमनारयण श्रेष्ठ सहभागी कार्यक्रमबाट बमबहादुर तामाङको […]