[flyup_nepali_date]

सडक दुर्घटनाका पीडितहरूको सम्झनामा चौतारामा दिप प्रज्वलन

मंसिर १, चौतारा । विश्वभर सडक दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिहरूको सम्झनामा चौतारामा दिप प्रज्वलन गरिएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २००५ मा प्रत्येक वर्ष नोभेम्बर महिनाको तेस्रो आइतबारलाई विश्वभर सडक दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिहरूको सम्झनामा सडक दुर्घटनाका पीडितहरूको सम्झना दिवस डब्लु डि आरको रूपमा मनाउने निर्णय […]

जुगल हिमाल चड्नेको ताँती बढ्दै, नेपाली सहित ५ बेलायतीले गरे सफल आरोहण

कार्तिक ३०, चौतारा । पछिल्लो दशक हिमाल आरोहण गर्नेहरुको संख्या बढ्दै गएको छ । यो साता मात्रै चार नेपाली सहित ५ बेलायती नागरिकले जुगल हिमालको सफल आरोहण गरेका छन् । ६१–६३ वर्ष उमेरका पाँच जना बेलायती नागरिक र चार जना नेपालीसहित कुल नौ जनाले प्रेरणादायी जुगल हिमाल सफल आरोहण गरेको सिन्धु पर्यटन अभियान्ता मिलन तामाङले […]

साझेदारी नेपालको १४औं बार्षिक साधारणसभा सम्पन्न

कार्तिक २९, मेलम्ची । साझेदारी नेपालको १४औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख तामाङले साझेदारी नेपालले शैक्षिक क्षेत्रमा उल्लेख्य काम गरेको बताए । नमुना किचेन गार्डेन लगायत विद्यालयमा गुणस्तरीय शिक्षाका लागी काम गरिरहेकोमा उनले संस्थालाई धन्यवाद व्यक्त गरे । […]

दि सिन्धुपाल्चोक विजनेस क्लवद्वारा आगलागी प्रभावितलाई ८० हजार सहयोग

कार्तिक २९, मेलम्ची । दि सिन्धुपाल्चोक विजनेस क्लवद्वारा आगलागी प्रभावितलाई ८० हजार सहयोग गरेकाे छ । आज मेलम्ची नगर उद्योग बाणिज्य संघ मार्फत अधिकारी फेन्सिका सन्चालकलाई रु ८० हजार सहयोग गरेको संस्थाका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य नयन बहादुर पण्डितले जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष नरेशलाल श्रेष्ठ , […]

खाेर्सानीबारी–लिपिङ सडकखण्ड स्तरोन्नति गर्न ३ अर्ब बजेट सुनिश्चित

कार्तिक २९, काठमाडौं । नेपाल–चीनबीचको ऐतिहासिक व्यापारिक तातोपानी नाका जोड्ने अरनिको लोकमार्ग अन्तर्गत खोर्सानीवारी–लिपिङ सडकखण्ड स्तरोन्नति गर्न ३ अर्ब बजेट विनियाेजन भएकाे छ । बजेटसहित ठेक्काको सम्पूर्ण प्रक्रिया पूरा भई आसयपत्र समेत प्रकाशित भएपछि उक्त सडक स्तर उन्नतीकाे लागि बाटाे खुलेकाे हाे । सिन्धुपाल्चोक–१ बाट जनप्रतिनिधिका रुपमा निर्वाचित निवर्तमान सांसद माधव सापकोटाकाे निरन्तर प्रयास अन्ततः […]

योजनाहरू प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्न नगरप्रमुख तामाङको जोड

कार्तिक २८, मेलम्ची । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले योजनाका कामहरू प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्न जोड दिएका छन् । आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले योजनाका कामहरू प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्न सबै सरोकारवालालाई आग्रह गरे । समृद्ध नगर निर्माणको अभियानमा सबैको एकताबद्ध सहयोग अपरिहार्य रहेको भन्दै नगर […]

अंग्रेजी निबन्ध लेखन प्रतियोगितामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम

कार्तिक २८, थाङ्पालधाप । अंग्रेजी निबन्ध लेखन प्रतियोगितामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ स्थित श्री थाङ्पालधाप माध्यमिक विद्यालयको अङ्ग्रेजी विभागद्वारा आयोजित अङ्ग्रेजी निवन्ध लेखन प्रतियोगिता भएको हो । गाउँपालिकाकै पुरानो प्रतिष्ठित र शैक्षिक गुणस्तरमा अब्बल विद्यालयको रुपमा स्थापित थाङ्पालधाप माध्यमिक विद्यालयको अङ्ग्रेजी विभागद्वारा पहिलो पटक […]

दुग्धजन्य पदार्थ विक्री नहुँदा व्यवसायी चिन्तित

दिनेश दुलाल कार्तिक २८, सुकुटे । सुनकोशी गाउँपालिका–३ का हेमकान्त प्याकुरेलले करिब एकदशक देखि सुकुटेमा सिन्धुडेरी चलाएका छन् । उनले दैनिक १००० देखि १३०० लिटर सम्म वरीपरीका किसानको दुध लिन्छन् । उनले सुकुटे बजार र कार्कीटार आसपासको र सुनकोशी गाउँपालिकाको १,२,३ र ४ वडा र अन्य क्षेत्रबाट समेत दुध संकलन गर्छन । यो सिजनमा उत्पादन […]

पाँचपोखरी थाङपाल गाउँपालिकाको आ.व ०८२÷८३ को बार्षिक समिक्षा सम्पन्न

कार्तिक २८, थाङपालधाप । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको आर्थिक बर्ष २०८२÷८३ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका भित्र क्रियाशिल विभिन्न संघसंस्थाहरुले गरिरहेका काम, आगामी योजना, संभावना, अवसर र चुनौतीका बारेमा आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकाले गरेका कार्य सम्पदाका बारेमा पालिका प्रशासकीय अधिकृत रामप्रसाद न्यौपानेले प्रस्तुतीकरण गरेका […]