[flyup_nepali_date]

११ औँ राष्ट्रिय उद्योग दिवस चौतारामा सम्पन्न, उत्कृष्ट उद्यमी र प्रशिक्षक सम्मानित

मंसिर १०, चौतारा । मंगलबार देशभर ११ औं राष्ट्रिय उद्योग दिवस विविध कार्यक्रम गरी मनाएको छ । वि.सं.२०७२ सालदेखि हरेक वर्षको मंसिर ९ गते सरकारले उद्योग दिवस मनाउँदै आएको छ । यसै शिलशिलामा सिन्धुपाल्चोकमा पनि ११ औं राष्ट्रिय उद्योग दिवस मनाइएको छ । उद्योग तथा वाणिज्य कार्यालयका सिन्धुपाल्चोकले चौतारामा निकै उत्साहका साथ कार्यक्रम सम्पन्न गरेको […]

सामुदायिक वन उपभोक्ता समूहद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

मंसिर १०, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा –१३ ठूलोसिरुवारीमा रहेको तामाखानी सामुदायिक वन उपभोक्ता समूहले एक विद्यालयको बालबालिकाई न्यानो कपडा वितरण गरेको छ । सोही वडामा रहेको श्री बि.पी मेमोरियल आधारभूत बिद्यालयमा पढ्ने ४५ जना विद्यार्थीलाई विद्यालय पोशाक (ट्राकसुट) वितरण गरिएको तामाखानी सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ । सो समितिका अनुसार विद्यालयका बालबालिकाहरुलाई […]

इलेक्ट्रो पावर कम्पनी लिमिटेडले भाेटेकाेशीका प्रभावितलाई ४० करोड ६२ लाखको सेयर दिने

मंसिर ७, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशीमा निर्माणाधीन भोटेकोसी–१ जलविद्युत आयोजनाबाट सञ्चालित इलेक्ट्रो पावर कम्पनी लिमिटेडले भाेटेकाेशी प्रभावित सर्वसाधारणलाई सेयर बिक्री प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै प्रस्ताव दर्ता गरेको हो । प्रस्तावनासार कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४० करोड ६२ लाख ५० हजार बराबरको सेयर […]

जुगलमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रत्न राज्यलाई

मंसिर ५, चनौटे । जुगल गाउँपालिकाले आयोजना गरेको सातौँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि रत्न राज्य माध्यमिक विद्यालय चनौटेले हात पारेको छ । जुगल–५ चनौटेमा रहेको रत्नराज्यले उत्कृष्ट प्रदर्शन गर्दै १२ स्वर्ण, ७ रजत र ६ कंश्य गरी कुल २५ पदक प्राप्त गरेर उपाधि जित्न सफल भएको हो । त्यस्तै, श्री रामेश्वर माध्यमिक विद्यालय, […]

पर्यटकीय गन्तव्य बन्दै ओख्रेनी, आगान्तुकका लागि धमाधम रिसोर्ट बन्दै

दिनेश दुलाल मंसिर ५, चौतारा । पर्यटनका लागि पनि यो सिन्धुपाल्चोक जिल्ला महत्वपूर्ण गन्तव्य हो । पाँचपोखरी, भैरवकुण्ड, हेलम्बु, मेलम्ची, तातोपानी लगाएत प्रमुख पर्यटकीय गन्तव्यहरु संगै लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको ओख्रेनी लगाएतका ठाउँहरू पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्न थालेका छन् । जिल्ला सदरमुकाम चौताराबाट निकै नजिकको ठाउँ रहेको फुस्रे तथा ओख्रेनी पर्यटन प्रवद्र्धन गर्न […]

उद्योग वाणिज्य संघद्वारा अन्तरक्रिया सहित कार्यालय प्रमुखलाई स्वागत

५ मंसिर, चौतारा । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघद्वारा चौतारामा अन्तरक्रिया सहित कार्यालय प्रमुखहरुलाई स्वागत कार्यक्रम गरेको छ । उद्योग वाणिज्य संघले उद्यमी, व्यवसायी र सरोकारवालहरुसंग व्यवसायीक अन्तरक्रिया गर्दै नवआगन्तुक सरकारी कार्यालयका प्रमुखहरुलाई स्वागत गरेको हो । कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य एवं सल्लाहकार समितिका सभापति बेद बहादुर श्रेष्ठले सिन्धुपाल्चोक जिल्लाको कृषि र […]

शिक्षा र स्वास्थ्य क्षेत्रमा अब्बल बन्ने बाटोमा हेलम्बु

मंसिर ५, हेलम्बु । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका शिक्षा र स्वास्थ्यमा अब्बल बन्ने बाटोमा पुगेको छ । सिन्धुपाल्चोकका १२ पालिका मध्ये शिक्षा र स्वास्थ्य क्षेत्रमा चमत्कारीपूर्ण योजना र कार्यक्रम ल्याएर जनताको मन जितेको हेलम्बुले पछिल्लोपटक स्वास्थ्य क्षेत्रमा नयाँ योजनाको शुभराम्भ गरेको छ । यसै योजना अनुसार हेलम्बु–६, इचोकमा निर्माण हुन लागेको ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा […]

सिन्धुपाल्चोकमा नेपाली कम्युनिष्ट पार्टीको नाममा नयाँ पार्टी कार्यालय स्थापना

मंसिर ४, चौतारा । १० घटक बीच केन्द्रीय तहमा भएको एकता प्रक्रिया पुरा भएसंगै जिल्ला तहहरुमा समेत नेपाली कम्युनिष्ट पार्टीको नाममा नयाँ कार्यालय खोल्ने प्रक्रिया सुरु भएको छ । सिनधुपाल्चोकको चौतारामा बुधबार नयाँ संरचनामा गठित नेपाली कम्युनिस्ट पार्टीले आफ्नो जिल्ला कार्यालयको नयाँ वोर्ड राखेर शुभराम्भ गरेको हो । चौतारा गैरीगाउँ स्थित सहिद स्मृति भवनलाई नेकपा […]

सिन्धुकोट त्रिवेणीघाट स्थित सिद्वेश्वर महादेव मन्दिरमा साँस्कृतिक कार्यक्रम सहित भव्य मेला सम्पन्न

दिनेश दुलाल मंसिर ३, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका अन्र्तगत सिन्धुकोट त्रिवेणी घाट स्थित ऐतिहासिक सिद्वेश्वर महादेव थानमा भव्य मेला सम्पन्न भएको छ । पृथ्वीनारायण शाहले राज्य एकिकरण गर्न यहि मन्दिरमा आएर दर्शन गरेपछि सिद्व भएको किवदन्ती बोकेको ऐतिहासिक तथा पुरातात्विक मन्दिर सिद्वेश्वरमा पछिल्लो दश यताकै भव्य मेला लागेको त्याहाँका स्थानीयको भनाई छ । […]