[flyup_nepali_date]

रामज्योती प्रतिस्ठानद्धारा वनदेबी माविलाई डिजिटल बोर्ड

निर्मल बस्नेत २८ पौष । चौतारामा रहेको वनदेबी माध्यमिक विद्यालको लागि रामज्योती प्रतिष्ठान चौतारा, सिन्धुपाल्चोकले एक थान डिजिटल बोर्ड उपलब्ध गराएको छ । ज्योती फाउण्डेशन अमेरिकामार्फत चौतारा रामज्योतीका संरक्षक एवं समाजसेवी रामचन्द्र श्रेष्ठ र अध्यक्ष सुरेशराम कसजुले विद्यालयका अध्यक्ष गम्भिर घले र प्रधानाध्यापक दिपक राईलाई हस्तान्तरण गरेका हुन् । समाजसेवी श्रेष्ठले विद्यालयको २६ गते सम्पन्न […]

नेकपाको २ हजार ४ सय ९९ केन्द्रीय समितिमा सिन्धुपाल्चोकबाट मात्रै झण्डै ३ दर्जन केन्द्रीय सदस्य (को–को परे नामलिष्ट सहित)

निर्मल बस्नेत २९ पौष (२०८२), चौतारा । नेपाली कम्युनिष्ट पार्टीको अब नयाँ केन्द्रीय समिति २ हजार ४ सय ९९ जनाको भएको छ । जसमध्ये केन्द्रीय समितिमा सिन्धुपाल्चोक जिल्लाबाट मात्रै झण्डै ३ दर्जन परेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा काठमाण्डौमा मंगलबार एक कार्यक्रमका बिच उनीहरुलाई सपथ गराइएको हो । पार्टी केन्द्रमा १६ वटा घटकहरु मिलेर […]

भूकम्पको झण्डै ११ वर्षपछि पुष्पगंगा आधारभूत विद्यालयले प्राप्त गर्यो नयाँ भवन

२९ पुष (२०८२), नवलपुर । इन्द्रावती गाउँपालिका वडा नं ५ स्थित पुष्पगंगा आधारभूत विद्यालयले भूकम्प गएको झण्डै ११ वर्षपछि सुविधा सम्पन्न आफ्नै भवन पाएको छ । २०७२ सालको महा भूकम्पले पुरानो भवन तथा सो ठाउँको जग्गा समेत काम नलाग्ने गरि क्षतविक्षत भएपछि झण्डै ११ वर्ष विभिन्न व्यक्तिको घर तथा सामुदायिक भवनमा सिकाई क्रियाकलाप सञ्चालन गर्दै […]

जनजागृतीको ७५ औँ वार्षिकोत्सव सम्पन्न, नृत्य प्रतियोगितामा कालिदेबी मावि प्रथम

२९ पौष, साँगाचोक । जनजागृति माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित नृत्य प्रतियोगितामा कालिदेवी मावि कदमबास प्रथम भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ स्थित साँगाचोकमा रहेको विद्यालयको वार्षिकोत्सवको अवसरमा मावि स्तरीय नृत्य प्रतियोगितामा भएको हो । नगरपालिकाको दक्षिण भेगको वडा नम्बर ९ देखी १४ सम्मको ९ […]

मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय

पुष २९, चौतारा । मकैको खोस्टा जस्ता खेर जाने स्थानीय कच्चा पदार्थको प्रयोग गरी घरायसी सामग्री निर्माण गर्ने उद्देश्यले बलेफी गाउँपालिका वडा नम्वर –६ मा सञ्चालन गरिएको १० दिने तालिम सम्पन्न भएको छ । उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न तालिमपछि सहभागीहरूले यसलाई व्यावसायिक रूपमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् । तालिममा सहभागी नारायण […]

अन्तिम सुचिमा अटाए सिन्धुका लालकान्छा तामाङ

२८ पुस, काठमाडौं । तामाङ समुदायका इमान्दार नेता लालकान्छा तामाङ लाई नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारको रुपमा अगाढी बढाएको छ । पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको अन्तिम सूचीमा सिन्धुपाल्चोकका लालकान्छा तामाङको नाम समावेश गरेको छ । तामाङ तत्कालिन नेकपा(माओवादी) ले सञ्चालन गरेको जनयुद्धकालदेखि नै पार्टीमा पंक्तिबद्ध रहेका […]

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

पाँचपोखरी थाङपाल गाउँपालिका द्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि भोताङदेवी माध्यमिक विद्यालय भोताङले उचालेको छ । भोताङदेवीले ६ स्वर्ण, ३ रजत र १ कास्य गरी कुल १० पदक जित्दै प्रथम स्थान हासिल गरेको हो । यो उपाधि एतिहाँसिक र खुशीको क्षण भएको प्रधानाध्यापक सन्तोष अधिकारीकाे भनाई छ । भोटेनाम्लाङ माध्यमिक विद्यालयले ४ […]

हेलम्बुकाे गाउँपालिका जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा बागमती प्रदेश सरकारका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री कृष्णकुमार तामाङले विद्यालयलाई प्रगतिको शुभकामना दिँदै विद्यालयको चौतर्फी विकासका लागि हातेमालो गर्दै आएको र अब पनि आफ्नो स्थानबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका प्रमुख […]

माओवादी सिन्धुपाल्चोकबाट युगिन र सोनाम एकल सिफारिस

२८ पौष, चौतारा । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी) सिन्धुपाल्चोकले आसन्न फागुन २१ गतेको प्रतिनीधी सभा निर्वाचनको लागि एकल उम्मेदवार सिफारिस गरेको छ । एकल सिफारिसमा पर्नेहरुमा पार्टीका नेताहरु युगिन र सोनाम रहेका छन् । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ को लागि पार्टी केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज समिर श्रेष्ठ‘युगिन’ सिफारिसमा परेका छन् । […]