[flyup_nepali_date]

प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२” भलिबल प्रतियोगिताको फाइनल खेल राेचक बन्दै

माघ २८, हेलम्बु-५ सिन्धुपाल्चोक । प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२” भलिबल प्रतियोगिताको फाइनलमा मेलम्ची नगरपालिका र मेलम्ची -७ को नमुना एक्टिभ युथ क्लब भिड्ने भएका छन् । च्यामेथलीमा जारी “सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरीय प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२” भलिबल प्रतियोगिताको फाइनलमा मेलम्ची नगरपालिका र मेलम्ची -७ को नमुना एक्टिभ युथ […]

मेलम्चीमा रहेकाे जलवाई देवी माविको ५१औँ वार्षिकोत्सव सम्पन्न

मेलम्ची । श्री जलवाई देवी माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो। विशेष अतिथिको रूपमा शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजाल सहभागी हुनुभयो । वार्षिकोत्सव समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा पूर्व वडा अध्यक्ष ठंकराज गिरीले विद्यालयको वर्तमान अवस्था र भावी योजनाबारे धारणा राख्नु […]

तेर्से माध्यमिक विद्यालयले भव्य रुपमा मनायो ३५औं वार्षिकोत्सब

श्री तेर्से माध्यमिक विद्यालयले आफ्नो ३५औं वार्षिकोत्सब समारोह भब्य कार्यक्रमका बीच सम्पन्न गरेको छ । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर)को प्रमुख आतिथ्यमा बिद्यालयले आफ्नो वार्षिकोत्सब मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले तेर्से माध्यमिक विद्यालय जिल्लाकै नमुना समुदायीक विद्यालयको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गर्नुभयो । विद्याललाई सधैं प्राथमिकता […]

पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि इष्ट पोइन्ट एकेडेमीलाई

माघ २४, मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३५ औँ वार्षिक उत्सवको अवसरमा मेलम्ची नगरपालिका‚ हेलम्बु‚ इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि इष्ट पोइन्ट एकेडेमी हेलम्बुले हात पारेको छ । तेर्से माविको प्राङ्गणमा बिहिबार सुरु भएको प्रतियोगितामा श्री जाल्पादेवी मावि मेलम्ची २ ले द्धितीय स्थान […]

गणित प्रतियोगितामा इष्ट पोइन्ट कि सलिना थापा प्रथम

माघ २४, मेलम्ची । मेलम्चीको तेर्से माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सवको अवसरमा आयोजित एसईई लक्षित गणित प्रतियोगितामा हेलम्बु–४ स्थित इष्ट पोइन्ट कि सलिना थापा प्रथम भएकी छिन । त्यस्तै दोस्रोमा प्रगती अङ्ग्रेजी मावि मेलम्ची –११ कि आयुशा नेपाल, तेस्रो थाङपाल भ्याली पाँचपोखरी थाङपाल ४ का प्रसान्त तामाङ र सान्त्वना आयोजक तेर्से माविका रबिन तामाङ भएको […]

शब्द साधनाको कविता प्रतियोगितामा इष्ट पोइन्ट एकेडेमी प्रथम

माघ २४, काठमाडौं । शब्द साधनाको कविता प्रतियोगितामा हेलम्बुको इष्ट पोइन्ट एकेडेमी प्रथम हुन सफल भएको छ । शब्द साधना क्लव, काठमाडौँको आयोजनामा गोकर्णेश्वरस्थित गोकर्णेश्वर लाइट एकेडेमीको प्राङ्गणमा सम्पन्न अन्तर विद्यालय स्तरीय कविता प्रतियोगितामा इष्ट पोइन्ट एकेडेमी, हेलम्बु प्रथम स्थान हासिल गर्न सफल भएको हो । कक्षा ९ मा अध्ययनरत छात्रा जेस्मिन लामिछाने पहिलो भएकी […]

सिन्धुपाल्चोकका प्रभावशाली नेता निमफुन्जो शेर्पा सहित दर्जनौं संख्यामा नेकपामा समाहित

माघ २३ काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका संस्थापक मेयर तथा एमाले सिन्धुपाल्चोकका प्रभावशाली नेता निमफुन्जो शेर्पा सहित चार दर्जन भन्दा बढी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएका छन् । शेर्पा सहित एमालेबाट नेकपामा समाहित भएका नेता कार्यकर्तालाई शुक्रबार काठमाडौंमा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल लगाएतले स्वागत गरेका थिए […]

मेलम्चीमा कांग्रेसको निर्वाचन परिचालन समितिको कार्यालय उदघाटन

माघ २३, मेलम्ची । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उदघाटन गरिएको छ । क्षेत्रिय सभापति आइतमान तामाङको संयोजकत्वमा आज कार्यालयको उद्घाटन गरिएको हो । निर्वाचन अभियानलाई सशक्त र व्यवस्थित बनाउन अब कार्यालय मार्फत कार्य अगाडी बढाइने तामाङले जानकारी दिए । कांग्रेसको संगठनलाई बलियो बनाउँदै […]

मेलम्चीको तालामारङमा पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता

माघ २३, मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका अन्र्तगत तालामाराङमा पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता भएको छ । पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता सम्भव सिन्धुपाल्चोक जिल्लाकै पहिलो अभ्यास भएको आयोजकको दावी छ । मेलम्ची नगरपालिका वडा नम्बर ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३५औँ वार्षिक उत्सवको अवसरमा मेलम्ची नगरपालिका‚ हेलम्बु‚ इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका स्तरीय […]