जेठ २७, २०८३

आठौं पाँचपोखरी टी–२० मा हेलम्बु र पाँचपोखरीको विजयी सुरुवात

सिन्धुपाल्चोकको प्रतिष्ठित पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आठौं संस्करण मंगलबार तल्लो मुलपानी क्रिकेट मैदानमा सुरु भएको छ । उद्घाटनको दिन हेलम्बु गाउँपालिका र पाँचपोखरी क्रिकेट क्लबले विजयी सुरुवात गरेका छन् । पाँचपोखरी क्रिकेट क्लबले थाङपाल भ्याली माध्यमिक विद्यालयमाथि एकतर्फी जित निकाल्यो । पहिले ब्याटिङ गरेको थाङपाल भ्याली १५.५ ओभरमा ६२ रनमा समेटियो । टोलीका […]