सवैको रोजाई विकासबादी युवा नेता दुलाल
१८ फागुन, सिन्धुपाल्चोक । प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर २ वाट प्रत्यक्ष तर्फका उम्मेदवार युवाराज दुलाल मतदाहरुको रोजाईमा परेका छन् । दुलाल नेपाली कम्युनिष्ट पार्टीबाट चुनावी मैदानमा होमिएका हुन् ।

तारा चुनाव चिन्ह लिएर दुलाल संघिय सांसद प्रवेशको पहिलो यात्रामा छन् । संसद प्रबेशपूर्व दुलालले सरकारले फागुन २१ मा सम्पन्न गर्ने निर्वाचनको लागि उम्मेदवारी दिएपछि मतादाताहरुसंग मत मागिरहेका छन् ।

दुलाल यस अघि नै जनप्रतिनीधि भई मन्त्री सम्म भईसकेका छन् । २०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा वागमती प्रदेश सभामा निर्वाचित भई २ कार्यकाल नै मन्त्रीको भुमिका निर्वाह गरि वागमतीको १३ वटै जिल्लामा परिचित भईसकेका छन् ।

उनले आफ्नो कार्यकालमा समाजको लागि अधिक खर्च गरेका छन् । उनी विकास निर्माण, प्राकृतिक प्रकोप र महामारीमा समेत हरहमेसा जनताको साथै रहदै आएका छन् ।

हालको निर्वाचनमा समेत उनले घरदैलो पुग्दा मतदाताहरुको भव्य स्वागत र आर्सिवादको बर्षा नै लाग्ने गरेको छ । यसले के देखाउछ भने दुलालको जीत नजिक नजिक छ । नेपपा एमालेका शेर बहादुर तामाङ र नेपाली काङग्रेसका बंशलाल तामाङ उनीसंग चुनावी मैदानमा प्रतिष्पर्धामा छन् । अधिकांस मतदाताले दुलालकै पक्षमा देखिएका छन् । दुलालाले जीत हासिल गरे पहिलो पटक दुलाललाई केन्द्रिय जनप्रतिनिधीको रुपमा सिन्धुवासीले पाउन सक्नेछन् ।

