समाजसेवी सोमछिरिङको रोजाइमा तारा , सयाैँले गरे नेकपा प्रवेस
१८ फागुन, सिन्धुपाल्चोक । समाजसेवालाई मुल मन्त्र बनाएर स्थानीयको सोवमा अग्रसर एक समाजसेवी सोमछिरिङ तामाङले नेकपा प्रवेश गरेका छन् । आसन्न फागुन २१ को प्रतिनीधि सभा निर्वाचनको लागि तारा चुनाव चिन्न उनको रोजाइमा परेको हो ।
सरल र इमान्दार तामाङ नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका माधव सापकोटा सुवोधलाई जिताउने अभियाना सामेल भएका छन् ।
जुगल गाउँपालिका वडा नम्बर ५ स्थाई ठेगाना रहेका उनले नेकपा प्रबेस गर्दै भने “यो देशको परिवर्तनको सुत्रधार नेकपा हो, जसले आम शोषित, पीडित र सर्वाहारा वर्गको मुक्तिको लागि निरन्तर लड्यो, उसकै एजेण्डामा देश अघि बढिरहेको छ । र, त्यहि आन्दोलनको एउटा शशक्त जुझारु र संघर्षशील व्यक्ति माधव सापकोटा हुन् ्। सापकोटाले अघिल्लो ३३ महिने संघिय संसदमा खेलेको भुमिका प्रवाकारी छ, त्यसैलाई आगामी निर्वाचमा समेत उनलाई विजय गराउन तामाङले सवैलाई आग्रह गरे ।
उनले जुगल ५ को लुकी झरनामा पर्यटकीय पार्क निर्माण, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएर शैक्षिक विकासमा खेलेको भुमिका प्रसंशनीय रहेको स्थानीयहरुले बताए ।

उनी जस्तै निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बलेफी, सुनकोशी, लिसंखुपाखर गाउँपालिका र बाह्रविसे, मेलम्ची र चौताराका सयौले एमाले, काङ्ग्रेस पार्टी परित्याग गरि नेपाली कम्युनिष्ट पार्टीमा प्रवेस गरेका छन् ।

पार्टी प्रवेसको लहर चुनावी अभियानभर नै भएपछि जीतको बलियो आधार बनेको भनि नेकपाका नेता कार्यकर्ता र शुभचिन्तकहरु खुसी भएका छन् ।

निर्वाचन क्षेत्र नम्वर २ मा पनि नेकपाका चर्चित बिकासप्रमी युवा नेता युवराज दुलालप्रतिको बढ्दो जनबिस्वासको लहरले सिन्धुपाल्चोकको २ वटै निर्वाचनमा नेकपाको जीत हुने पक्कापक्की देखिन्छ ।

