बालसुधार माविको ६८औं वार्षिकोत्सव तथा २६औं अभिभावक दिवस सम्पन्न
फागुन १४, मेलम्ची । बालसुधार माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सब तथा २६औं अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालयको वार्षिकोत्सव कार्यक्रम मेलम्ची नगरपालिकाका कार्यवाहक प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि उमा प्रधानले उदघाटन गरेकी हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उमा प्रधानले विद्यालयमा शिक्षाको गुणस्तर सुधारोन्मुख रहेको बताइन । विद्यालयलाई हराभरा बनाउनकालागी सबै नागरिक जिम्मेवार रहेकाले एकजुट भएर अगाडि बढ्नुपर्ने उनको जोड छ । विद्यालयको निर्माणाधिन भवन नगरपालिकाले पुरा गर्ने उनले प्रतिवद्वता जनाइनन ।

विद्यालयको खेल मैदान निर्माणका लागी नगरपालिकाले सहयोग गर्ने समेत उनले बचन दिइन । दुवाचौर भलिबलको उर्वरभूमि रहेकाले भलिबल संगै अन्य खेलकुदका कार्यक्रम अगाडि बढाउन आग्रह गरिन ।
कार्यक्रमका विशेष अतिथि मेलम्ची ७ का वडा अध्यक्ष पासाङ दोङले विद्यालयको वार्षिकोत्सब संगै अभिभावक सम्मेलन भएपनि विद्यालयमा अभिभावकको चासो चिन्ता र उपस्थिति नहुनु चिन्ताको विषय बनेको बताए । विद्यालयमा शिक्षा सुधारका लागी वडा शिक्षा समिती, शिक्षक, अभिभावक विद्यार्थी सबै मिलेर महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले आफ्नो बालबालिकाको भविष्य सुन्दर बनाउन अभिभावकले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताइन । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुर्यप्रसाद श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम लाई स्थानीय कलाकार धर्मराज गिरि, विद्यालयका विद्यार्थीहरुको प्रस्तुतिले मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रमको अवसरमा शैक्षिक गुणस्तरमा अभिभावकको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता समेत गरिएको थियो ।

