अतिवादी र बिध्वंशकारी २ प्रबृति गलत छन् ,चुनावी समिकरण गर्दैनाैँ – प्रचण्ड

१४ फागुन, काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अतिवादी र बिध्वंशकारी २ प्रबृति गलत भएको बताएका छन् ।
चुनावी प्रचार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २ गलत र १ परिवर्तनकारी गरि ३ वटा प्रबृतिको विचमा लडाई चलिरहेको बताए । प्रचण्डले सामाजिक सञ्जालमा फैलाएको गठबन्धन हुँदै भन्ने फेग न्युजको भ्रममा नपर्न आग्रह गरे । प्रचण्डले नियोजित प्रचारको खारेजी गर्नमा जोड दिए । उनले जोड दिएर भने भाद्र २३ गतेको अतिबाद र २४ को विध्वशं गर्नेहरुको विचमा हामी गठबन्धन गर्दैनाैँ ।

उनले भने “यो सहज निर्वाचन छैन, यो नियमित होईन ८४ मा हुनुपर्ने चुनाव ८२ मा नै हुने भएकोमा सवैको चासो र चिन्ता रहेको बताए ।
प्रचण्डले निर्वाचनलाई शान्तिपुर्ण र भयरहित वातावरणमा गराउन सहयोग गर्न सवै पक्षलाई आग्रह गर्दै निर्वाचन स्वच्छ र निश्पक्ष रुपमा सहज ढंगले सम्पन्न गर्न सुरक्षा निकायले भुमिका खेल्ने विस्वास व्यक्त गरे ।
नवयुवाहरुले उठाएका माग मुद्धा र सवै वर्ग क्षेत्रको सवालमा जोड दिएर लाग्नु वर्तमान कार्यभार रहेको बताए ।
नेकपा लोकतन्त्र र जनताको पक्षमा रहेकाहरुले फागुन २१ मा आफ्नो पक्षमा जित हात पार्ने कुरामा ढुक्क भएर लाग्न पार्टी पंक्तिलाई पत्रकार सम्मेलनमार्फत आग्रह आग्रह गरे ।
नेपाली कम्युनिष्ट पार्टी समाजबादको पक्षमा रहेको भन्दै समाजवादमा खाना, छाना र नानाको प्रवन्ध भएको व्यवस्था लागु गर्न पार्टीको घोषणा पत्रमा समेत उल्लेख गरेको छ ।
सुशासन , समृद्धि र सामाजिक न्यायको लागि अपिल गरिरहेको बताउदै राष्ट्रको एकता र जनताको पक्षमा उभिएर संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु वर्तमान चुनौति रहेको छ भने ।
अन्त्यमा फागुन २१ मा नेपाली कम्युनिष्ट पार्टी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र राष्टिय स्वतन्त्र ४ वटा पार्टीहरुको विचमा प्रतिस्पर्धा नै मुख्य प्रतिस्पर्धामा रहेका ठोकुवा गरेका छन् ।
यस विचमा नेपाली कम्युनिष्ट पार्टीमात्र एकताबद्ध भएको र अरु पार्टी छिन्न भिन्न रहेकाले नेकपाको पक्षमा जनमत सिर्जना हुने विस्वास लिए ।