पार्टी प्रबेशको लहर, बाह्रविसेका कलाकार खान्दोके सेलो गाउँदै नेकपा प्रवेश

१३ फागुन, बाह्रविसे । प्रतिनीधि सभा निर्वाचन फागुन २१ का लागि नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार भएका माधव सापकोटा सुवोधलाई जिताउन विभिन्न पार्टी परित्याग गर्दै नेकपा प्रवेश गर्नेको लहर नै चलेको छ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ५ मा जन्मिएर खान्दोके सेलोमा चर्चा कमाएका एक कलाकार समेत पार्टीमा आवद्ध भएका छन् । उनी हुन् तामाङ कलाकार सेलो गायक सुरेश तामाङ ।

कलाकार तमाङले बाह्रविसे बजारमा झम्के साँझमा “पाउजु त लाउने पाउ पाउमा , तारामा भोट हाल्यो भने विकास हुन्छ गाउँगाउँमा ” भन्दै खान्दोके सेलो गायर पार्टी प्रवेश गरेका हुन् । उनले साथीहरु र आफन्तहरु सवैलाई समेत आग्रह गर्ने र तारमा मतदान गरि माधव सापकोटा जिताउन लागि पर्ने उद्घोष गरेका छन् ।

कलाकार तामाङ संगै एमाले र काङ्ग्रेस पार्टी परित्याग गरि १ दर्जन नेकपा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा तेन्जेरे तामाङ , प्रेम बहादुर खत्री, मान बहादुर बस्नेत, कुल बहादुर तामाङ, कृष्ण बहादुर तामाङ , कृष्ण बहादुर राउत, ध्रुव बहादुर बस्नेत, विकास बस्नेत, नारायण खत्री, जगत बहादुर तामाङ , जगत बहादुर तामाङ , राम कुमार योञ्जन र तेज बहादुर तामाङ रहेका छन् ।
वप्रबेशी उनिहरुलाई उम्मेदवार माधव सापकोटा, पार्टीका नेताहरुसरल सहयात्री पौडेल, निमफुञ्जो शेर्पा , टोपनाथ सापकोटा, रदिप पपराजुली लगायतले खादा ओडाएर स्वागत गरेका थिए ।

उता जुगल गाउँपालिकामा पनि नेपाली काङ्ग्रेसमा २०६४ साल देखि हाल सम्म कृयशिल सदस्य रहेका ४ नम्बर वडा घुङाका विर बहादुर तामाङ र जित बहादुर तामाङ नेपाली कङ्ग्रेस परित्यग गरि नेकपा प्रबेस गरेका छन् । उनिहरुलाई पुर्व सभामुख एवम् नेपाली कम्युनिष्ट पार्टिका नेता अग्निप्रसाद सापकोटाले खादा ओडाएर स्वागत गरेका थिए ।