जुगलको वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान
निर्मल बस्नेत
१२ फागुन, चौतारा । जिल्लाको सवैभन्दा पुरानो संस्थागत विद्यालय जुगल वोर्डिङ हाईस्कुल चौताराको ३६ औँ बार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । वार्षिकोत्सवको अवसरमा जिल्लाको विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
जुगलले वार्षिकोत्सवमा प्रत्येक बर्ष समाजको विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्दै आईरहेको छ । जुगल शिक्षा सम्मानवाट प्रगती अंग्रेजी बोर्डिङ मेलम्चीका प्रिन्सीपल ऋषि नेपाल , पुर्व विद्यार्थी एवं चौतारा अस्पलालका डाक्टर कृषा थापा, नेपाल आईडल सिजन २ का विजेता कलाकार गंगा सोनाम , नवउदयमान कलाकार चौतारा ५ निवासी रोशन श्रेष्ठलाई सम्मान गरिएको हो ।
चौतारा बजारको विच भागमा पर्ने उक्त विद्यालयमा शिषु कक्षा देखी १० कक्षा सम्म अध्यापन हुदै आईरहेको छ ।
७ सय हाराहारीमा यस शैक्षिक वर्षमा भर्ना भई अध्ययन गरिरहेको विद्यालयको प्रधानाध्यापक ओम प्रकाश उप्रेतीले जानकारी गराए । उनका अनुसार १ सय भन्दा बढी विद्यार्थीहरु आवासिय रुपमा अध्ययन गर्दै आईरहेका छन् ।

कार्यक्रममा विद्यार्थी, शिक्षक र कलाकारहरुको गीत र नृत्यको बेजोड प्रस्तुतीले थप आकर्षक बनाएको थियो ।
बार्षिकोत्सव कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आरबी कटुवालको प्रमुख आतिथ्यतामा भएको हो । उनले विद्यालयमा उत्पादन भएको शैक्षिक जनशक्तिहरु समाजको विभिन्न क्षेत्रमा योगदान गदै गरेको भनि खुसी व्यक्त गरेका थिए । यसैगरि जुगलले आगामी दिनमा समेत निरन्तर प्रतिभावान व्यक्तिव्यहरुको निर्माणमा जोड दिन लागि पर्ने बताए । विद्यालयको नतिजा राम्रो हुँदै गएको भनि उनले कार्यरत सम्पुर्ण शिक्षक शिक्षिकाहरुलाई धन्यवाद व्यक्त गरे ।

विद्यालयको सम्झना स्वरुप कार्यक्रममा आमन्त्रीत अतिथीहरु र कार्यरत विद्यालयका शिक्षक शिक्षिका र विद्यालय कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
स्मरण रहोस् जुगल बार्डिङको बार्षिकोत्सवको अवसरमा प्रायजसो पानी पर्नेगरेको छ । सिन्धुपाल्चोकको विभिन्न स्थान हिमाली भेगमा पानी संगै हिउँ पनि परेको छ ।

