हेलम्बुमा आयोजित निशु:ल्क स्वास्थ्य सिविरमा ६८७ जनाले सेवा लिए
फागुन ९, किउल । हेलम्बु गाउँपालिकाको आयोजना कोरिया नेपाल मैत्री अस्पतालको विशेषज्ञ डाक्टर सहित टोलि सहयोग र डुनामिस चर्च हेलम्बु -४ को समन्वयमा आयोजित निशुल्क स्वास्थ्य सिविरमा ६८७ जनाले सेवा लिएका छ्न ।

२०८२ फागुन ६ गते देखि ८ गते सम्म सञ्चालन भएको वृहत निशुल्क स्वास्थ्य शिविरमा दाँत सम्बन्धी सेवा (दाँत निकाल्ने, भर्ने, गिजा सम्बन्धी उपचार), सामान्य सर्जरी (मासुका डल्लाहरु निकाल्ने) गरिएकाे थियाे ।

त्यस्तै पायल्स, फिस्टुला, हर्निया, हाइड्रोसिल, प्रोस्टेट सम्बन्धी चेकजाँच तथा उपचार, पेट र छाती सम्बन्धी चेकजाँच तथा भिडियो एक्सरे सेवा, महिलाहरुको पाठेघर सम्बन्धी चेकजाँच तथा भिडियो एक्सरे सेवा, हाडजोर्नी तथा नशा सम्बन्धी चेकजाँच तथा उपचार , बालरोग सम्बन्धी चेकजाँच तथा उपचार, निःशुल्क औषधी वितरण, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि विशेष सेवा रहेकाे छ ।
यसैगरी ब्लड ग्रुप परिक्षण, आँखाको दृष्टि परिक्षण, BMI (Body mass index) परिक्षण सेवा उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

हेलम्बु प्राथमिक अस्पताल (हेलम्बु-२, किउल)मा स्वास्थ्य शिविर आयोजना भएको हो ।

