हेलम्बुको इचोक तारामय, कांग्रेस–एमालेबाट दर्जनौं नेकपामा प्रवेश
फागुन ९, इचोक । आसन्न फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन आउँदै गर्दा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–६ इचोकमा नेकपाले आफ्नो चुनावी गतिविधि बढाएको छ ।

कहिले कांग्रेसको प्रभाव त कहिले एमालेको प्रभाव रहेको इचोकमा यसपटक भने नेकपाले आफ्नो प्रभाव जमाउन सफल भएको सो पार्टीले जनाएको छ । सो पार्टीले दिएको जानकारी अनुसार उम्मेदवार सहितको चुनावी टोली इचोकमा पुग्दा त्याहाँका स्थानीयले भव्य स्वागत गरेका थिए । सिन्धुपाल्चोक २ नम्बर क्षेत्रबाट उठेका विकासवादी नेता युवराज दुलाल उम्मेदवार उठेर मत माग्न त्याहाँ पुगेपछि तामाङ समुदायको बाहुल्यता रहेको इचोकका जनताले उम्मेदवार दुलाललाई खादा, माला लगाएर स्वागत गरेका थिए ।

सोही क्रममा कांग्रेस, एमाले र राप्रपाबाट दर्जनौं कार्यकर्ता नेकपामा प्रवेश गरेको सो पार्टीले जनाएको छ । नेकपामा प्रवेश गरेका उनीहरुलाई उम्मेदवार दुलालले खादा लगाएर स्वागत गरेका थिए । संक्षिप्त कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार दुलालले आफुलाई इचोकका जनताले गरेको मायाँ र सदभावलाई कदापी नभुल्ने प्रतिवद्वता जनाए ।

आफु वाग्मति प्रदेश सांसद तथा भौतिक पूर्वाधारमन्त्री हुँदा थापाटार–इचोक सडकको कालोपत्रे गरेको बताउँदै उम्मेदवार दुलालले केही बर्षभित्रै नुवाकोटको सिमाना कुटुम्साङ सम्म सडकको स्तरउन्नी बनाइने प्रतिवद्वता जनाए । जनताले बाकसभरी भोट दिए विकासको बाकस ल्याइदिने ठोकुवा गर्दै उम्मेदवार दुलालले हेलम्बुको पर्यटन प्रर्वद्वन, सडक पूर्वाधार लगाएत विकासको मोडलको रुपमा विकास गरिने बाचा गरे ।

मेलम्चीघ्याङबाट फर्किएर दिउसो २ बजे इचोक पुगेको उम्मेदवार सहितको टोली हेलम्बुको सोरसिङ हुँदै हेलम्बुका विभिन्न गाउँमा घरदैलो गरेर साँझ चनौटे फर्किएको थियो । उक्त टोलीले अझै एकसाता मेलम्ची, ईन्द्रावती र चौतारा साँगाचोकगढी नगरपालिकाका ९ वटा वडामा घरदैलो कार्यक्रम गर्ने सो पार्टीले जनाएको छ ।
यि हुन पार्टी प्रवेश गर्नेहरु



