मेलम्ची नगरपालिका स्तरीय अन्तर मावि विज्ञान प्रदर्शनीमा इन्द्रेश्वरी प्रथम

फागुन १, मेलम्ची । इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्ची ११ले ५२ औँ वार्षिक उत्सव तथा २६ औं अभिभावक दिवसको अवसरमा मेलम्ची नगरपालिका स्तरीय अन्तर मावि विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।

उक्त प्रदर्शनीमा इन्द्रेश्वरी माविले प्रथम स्थान, तेर्से माविले द्वितीय स्थान प्रगति अंग्रेजी माविले तृतीय एवं जनता माविले सान्त्वना स्थान प्राप्त गरेका थिए। बिजेताले नगद पुरस्कार क्रमश प्रथम १५ हजार, द्वितीय १० हजार, तृतीय ७ हजार र सान्त्वनाले ४ हजार नगद प्राप्त गरेका विद्यालयका शिक्षक लेखनाथ भट्टराईले जानकारी दिए ।