सिन्धुपाल्चोकका स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा बलेफी गाउँपालिका पहिलो
फागुन १, चौतारा । सिन्धुपाल्चोकका स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा बलेफी गाउँपालिका पहिलो हुन सफल भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०÷८१ को स्थानीय तह कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरेकोमा बलेफी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै १२ स्थानीय तहमध्य पहिलो स्थान हाँसिल गरेको हो । बलेफी गाउँपालिका दोस्रो पटक नै अग्रता लिएको छ । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका दोस्रो स्थानमा रहेको छ ।
आयोगले सेवा प्रवाह, पूर्वाधार विकास, आर्थिक पारदर्शिता, नीति कार्यान्वयन र समग्र प्रशासनिक कार्यसम्पादनलाई आधार मानेर मूल्यांकन गरेको हो । यस क्रममा बलेफी गाउँपालिकाले ६७.२ अङ्क प्राप्त गर्दै अग्रस्थान सुरक्षित गरेको छ भने चौतारा साँगाचोकगढी नगरपालिकाले ६६.६ अङ्कसहित दोस्रो स्थान ओगटेको छ ।
अन्य स्थानीय तहहरूको मूल्यांकन नतिजा निम्नानुसार रहेको छः
लिसंखुपाखर गाउँपालिकाः ६५.७ अङ्क
मेलम्ची नगरपालिकाः ६३.० अङ्क
सुनकोशी गाउँपालिकाः ६४.७ अङ्क
बाह्रबिसे नगरपालिकाः ५८.८ अङ्क
भोटेकोशी गाउँपालिकाः ५५.५ अङ्क
हेलम्बु गाउँपालिकाः ५५.६ अङ्क
त्रिपुरासुन्दरी गाउँपालिकाः ५५.४ अङ्क
जुगल गाउँपालिकाः ५५.४ अङ्क
पाँचपोखरी थाङपाल गाउँपालिकाः ४९.१ अङ्क


