मेलम्चीमा वित्तीय संघीयता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

माघ १४, मेलम्ची । जिल्लाको मेलम्चीमा वित्तीय संघीयता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मेलम्ची नगरपालिकाको आयोजनामा वित्तीय संघीयता सम्बन्धी अभिमुखिकरण कार्यक्रम मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, अध्यक्षता, प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्ववहादुर गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा मेलम्ची नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, मेलम्ची नगरपालिका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरपालिका विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । अभिमूखिकरण कार्यक्रम निकै प्रभावकारी रहेको आयोजकले बताएको छ ।