उज्यालो नेपाल सिन्धुपाल्चोक –२ का उमेद्वार तामाङको घरदैलो अभियान सुरु
माघ १४, हेलम्बु । उज्यालो नेपाल पाटी सिन्धुपाल्चोक क्षेत्र नं २ का प्रत्यक्ष तर्फका उमेदवार रामसिं तामाङले घर दैलो अभियान सुरु गरेका छन् ।
जिल्लाको हेलम्बु क्षेत्रबाट उनले घर दैलो अभियान सुरु गरेका छन् । उनले स्थानीयको समस्या सुन्दै पाटिका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा भएका काम र अबको सरकारको नेतृत्व उज्यालो नेपाल पार्टीको बनाउन भोट गर्न आग्रह गरे । उनले अबको एकमात्र बिकल्प उज्यालो नेपाल रहेको भन्दै सिन्धुपाल्चोक र देश बनाउन आफ्नो पार्टीले मात्र गर्न सक्ने दावी गरे ।
सुशासन समृद्ध र सामाजिक न्यायको लागि र भावी पुस्ताहरूको भविष्यको लागि उज्यालो नेपाल पार्टी उज्यालो नेपाल बनाउन र उज्यालो सिन्धुपाल्चोक बनाउन अगाडि बढेको उनको भनाई छ ।

