ठूलोसिरुवारीमा गरियो तेस्रो संस्करणको किसान दौड प्रतियोगिता
दिनेश दुलाल
माघ १० चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलोसिरुवारीमा तेस्रो संस्करणको किसान दौड प्रतियोगिता सम्पन्न भएको छ ।

दशौं सिन्धुपाल्चोक इन्टरनेशनल ट्रेल रेसको अवसरमा ठूलोसिरुवारीका किसानहरु लक्षित ६ किलोमिटर दौड महिला र पुरुषहरुलाई छ्ट्टाछुट्टै गराईएको हो ।
सिन्धुपाल्चोक इन्टरनेशल ट्रेल रेसको आयोजना तथा १३ नम्बर वडाको लगानीमा ठूलोसिरुवारी समुदायमा आधारित शनिबार बिहान ७ बजे प्रतियोगिता गराइएको हो ।

प्रतियोगितामा पुरुष तर्फ यमराज गिरी प्रथम, विकास श्रेष्ठ द्वितीय र हिराबहादुर श्रेष्ठ तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ः ५ हजार, ३ हजार र २ हजार पुरस्कार पाए । त्यस्तै महिला तर्फ दिल कुमारी दुलाल प्रथम, अप्सरा गिरी द्वितीय र पार्वती गिरी तृतीय भए उनीहरुले क्रमश ः ५, ३ र २ हजार पुरस्कार पाए । प्रतियोगितामा १५ पुरुष र ९ महिला सहभागी थिए ।
ठूलोसिरुवारीका किसानले आफुले उत्पादन गरेको साग, गोलभेडाँ, आलु, लसुन लगाएत कृषि उपज बोकेर प्रतियोगितामा भाग लिएका थिए । किसानहरु लक्षित यस खालको प्रतियोगिता गराउने सम्भव त सिन्धुपाल्चोकका १०८ वडा मध्ये ठूलोसिरुवारी पहिलो भएको छ । यस किसिमको प्रतियोगिताले किसानलाई उत्साह ल्याउने हुँदा वडाले लगानी गरेको वडाअध्यक्ष रामप्रसाद गौतमले प्रतिक्रिया दिए ।
सिन्धुपाल्चोक इन्टरनेशनल ट्रेल रेसले किसानमैत्री कार्यक्रमको रुपमा उक्त प्रतियोगिता आयोजना गरेको ट्रेल रेसकी सचिव दयालक्ष्मी श्रेष्ठले बताइन । आगमी बर्ष किसानहरुको उमेर समुह अनुसार आयोजना गर्न सहभागीहरुले सुझाब दिएका छन् ।

