कालिदेबी माविको ७३ औँ बार्षिकोत्सवमा सहयोगदाताहरुलाई सम्मान

सिन्धुपाल्चोक । कालिदेवी माध्यमिक विद्यालय चौतारा साँगाचोकगढी नगरापालिका वडा नम्बर ९ कदमबासको ७३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसरमा विद्यालयको सहयोगि निकाय र व्यक्तिहरुलाई सम्मान गरेको छ ।

विद्यालयले २ वटा बस सञ्चालनमा ल्याई विद्यार्थीहरुलाई आवतजावतमा सहजीकरण गर्दै आईरहेको छ । उक्त बस सञ्चालनको लागि भनेर शिक्षक, विद्यार्थी र अभिभावक साथै समाजसेवीहरुले नगद सहयोग उपलब्ध गराएका थिए । विभिन्न समयमा सहयोग गर्ने सहयोगीहरुलाई बार्षिकोत्सवको अवसर पारी फ्रेम सहितको प्रमाण पत्र र खादाले सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सोही वडाका वडाध्यक्ष विमल श्रेष्ठले उनिहरुलाई सम्मान गरेका हुन् । बार्षिकोत्सव कार्यक्रममा शुभकामना दिदै वडाध्यक्ष श्रेष्ठले भने “विद्यालयमा द्धन्द्धरहित शान्तिपूर्ण वातावरण सिर्जना भएको पाएँ यो समुदायको लागि खुसीको कुरा हो ।” श्रेष्ठ भन्छन् विद्यालयमा गरिदै आएको खर्चलाई सहि व्यवस्थापन गरि दक्ष र सक्षम जनशक्ति निर्माण गर्न जोडदिनुपर्छ ।
उनले कालीदेवीले उत्पादन गरेको शैक्षिक जनशक्ति समाजको विविन्न ओहोदामा रहेको भन्दै आगामी दिनमा समेत विद्यालयले असल र सफल व्यक्तित्वहरु जन्माउनमा अग्रसर रहोस भन्ने कमना गरे ।

कार्यक्रममा प्रस्तुत शिक्षकहरु , विद्यार्थीको सन्देशमुलक गीत र आकर्षक नृत्यले मनोरञ्जन दिनुका साथै सन्देश प्रवाह गरेको थियो । झनै साना साना विद्यार्थीहरुको प्रस्तुतीको बारेमा वक्ताहरुले प्रशंसासमेत गरेका थिए ।
विद्यालयको प्रधानाध्यापक संजिव तामाङले प्रस्तुत गरेको वार्षिक प्रतिबेदनमा २००९ सालमा स्थापित विद्यालयमा कक्षा नर्सरीदेखी १२ सम्मको अध्यापन हुँदै आईरहेको उल्लेख छ ।

ग्रामीण भेगमा विद्यार्थी संख्या कम भईरहेको क्षणमा कालिदेवीमा भने विद्यालय बस सञ्चालनका कारण आसपासका विद्यार्थीहरु अध्ययन गर्न आईरहेका छन् । यसरी यहि शैक्षिक वर्षमा २ सय हाराहारी विद्यार्थीहरु अध्ययन गर्दै आईरहेको उल्लेख छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण गिरीको सभाध्यक्षतामा भएको कार्यक्रम सहायक प्रधानाध्यपक कृष्ण गिरीको उद्घोषण रहेका थियो । कार्यक्रममा वडा सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधी, समाजसेवी, घिमेकी बिद्यालयका शिक्षक प्रतिनिधी, विद्यालय व्यवस्थान समिति, अभिभावक, शिक्षक कर्मचारी, बिद्यार्थी र सहयोगदाताहरुको सहभागिता रहेको थियो ।