सिप विकासमा जोड दिदै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक
निर्मल बस्नेत
५ माघ , चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा ३ दिने मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न गरेको छ । महासंघले आफ्नो शाखा सदस्यहरुको सीप र क्षमता विकासको लागि उक्त तालिम सञ्चालन गरेको हो ।
जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुको लागि लक्षित गरि गरिएको तालिममा २४ जना सहभागि थिए ।

जुगाल गाउँपालिकाको सहयोगमा शाखा कार्यालयको बहुउद्धेश्यीय कक्षमा सम्पन्न तालिमको गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले समुद्घाटान गरेका थिए ।
तालिमको उद्घाटनको क्रममा अध्यक्ष स्याङ्बोले महासंघले वर्तमान बजारमा खरो प्रतिस्पर्धा गर्ने दक्ष सञ्चारकर्मी उत्पादनमा जोड दिनुपर्ने बताए । उनले जुगल गाउँपालिकाको विविन्न धार्मीक एवं पर्यटकीय स्थलहरुको समेत प्रचार प्रसारमा जोड दिई आन्तरिक तथा आह्य पर्यटकहरुको बृद्धि गर्नमा सवैलाई सघाउन अपिल गरे ।

शाखा अध्यक्ष ध्रुव दङ्गालले जिल्लाका सञ्चारकर्मीहरुको दक्षता अभिवृद्धि गर्न यस्ता तालिमका कार्यक्रमलाई तीव्र बनाउने बताए । तालिममा विषय विज्ञ प्रवेश सुवेदी र रजनीश भण्डारीले सहजीकरण गरेका थिए ।
सञ्चारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले आयोजित तालिम माघ ३ गतेदेखी ५ गतेसम्म सञ्चालन भएको महासंघकी उपाध्यक्ष कमला पाख्रीनले बताइन् । तालिममा सहभागि समेत रहेकी उनी भन्छिन् “व्यवसायिक र पेशागत दक्षताको लागि तालिम अति नै उपयोगि भएको छ । पेशामा प्रवेश गरेका र पुराना दुवैका लागि तालिमिले प्रभाव पारेको छ । ”
त्यस्तै अर्का सहभागि विजय नेपालले भने “सिक्ने भन्ने कुरा कहिल्यै नसकिने रहेछ, सिकेका कुरालाई व्यवहारमा उतार्दा मात्र नतिजा राम्रो निस्कन्छ । ”

तालिममा सहभागिहरुलाई प्रेस काउन्सील नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्य, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल र प्रेस काउन्सीलका सुचना अधिकारी रामशरण बोहाले प्रमाणपत्र वितरण गरेका थिए ।

