जनजागृतीको ७५ औँ वार्षिकोत्सव सम्पन्न, नृत्य प्रतियोगितामा कालिदेबी मावि प्रथम

२९ पौष, साँगाचोक । जनजागृति माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित नृत्य प्रतियोगितामा कालिदेवी मावि कदमबास प्रथम भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ स्थित साँगाचोकमा रहेको विद्यालयको वार्षिकोत्सवको अवसरमा मावि स्तरीय नृत्य प्रतियोगितामा भएको हो । नगरपालिकाको दक्षिण भेगको वडा नम्बर ९ देखी १४ सम्मको ९ वडा विद्यालयबाट प्रतियोगितामा विद्यार्थी कलाकारहरुले भाग लिएका थिए ।

प्रतियोगितामा जनजागृती मावि द्धितीय र रामदेवी मावि तृतीय स्थाल हासिल गरे । उनिहरुले नृत्यमार्फत राष्ट्रियता, धर्म संस्कृति र विभिन्न जातजातीको रितिरिवाज संस्कति भल्कने कला प्रस्तुत गरेका थिए ।

बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथी पूर्व मन्त्री एवं वागमती प्रदेश सभा सदस्य युवाराज दुलालले प्रथम, द्धितीय र तृतीयलाई क्रमश ः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, प्रमाण पत्र वितरण गरेका थिए ।

सहभागि विद्यालयको लागि यातायात खर्च र सहभागि प्रमाणपत्रसमेत विद्यालयले उपलब्ध गराएको थियो । प्रतियोगिताको सिन्धुकला मन्दिर चौताराका मणिसुन्दर कोइराला र निर्मल बस्नेतले निर्णायकको भाूमिका निर्वाह गरेका थिए ।

बार्षिकोत्सव कार्यक्रममा पूर्व मन्त्री दुलाल, पूर्व संविधान सभा सदस्य गंगा पराजुली, विभिन्न राजनीतिक दलका प्रतिनिधी र सामाजिक व्यक्तित्वहरुले विद्यालयको प्रगती र शैक्षिक गुणस्तरको लागि शुभकामना व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक ध्रुवराज गिरीले विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिबेदनमा २००७ सालमा स्थापित विद्यालयबाट हजारौँ विद्यार्थीहरुले शिक्षा आर्जन गरि विद्यालयबाट उत्पादित शैक्षिक जनशक्ति देशको विभिन्न क्षेत्रमा योगदान गर्दै आएको उल्लेख छ । विद्यालयमा बौधिक अपाङ्गता भएका विद्यार्थीहरुसमेत अध्ययनरत रहेका छन् । त्यस्तै कृषि भेटेरीनरीको समेत अध्यापन हुँदै आएको र जेटिए भेटेरीनेरी कोर्ष पुरा गरि रोजगारमा जोडिसकेको कुरा समावेश छ ।

वडाध्यक्ष दिपेन्द्र नेपालको सभाध्यक्षमा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा शिक्षासंग सरोकार राख्ने व्यक्तित्व, छिमेकी विद्यालयका शिक्षक प्रतिनीधि, अभिभावक, चन्दादाता, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।