दलगत स्वार्थ त्यागेर देश निर्माणमा लाग्न पूर्व मन्त्री दुलालले दिए जोड

निर्मल बस्नेत
२५ पौष, स्याउले । पूर्व भौतिक तथा पूर्वाधार विकास मन्त्री तथा वाग्मति प्रदेश सांसद युवराज दुलालले सबै नागरिकले दलगत स्वार्थ त्यागेर देश निर्माणमा लाग्न जोड दिए पूर्व मन्त्री दुलालले जोड दिएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेमा रहेको सेतिदेवी माध्यमिक विद्यालयको ७३ औँ बर्षिकोत्सव कार्यक्रममा पुगेका सांसद दुलालले उक्त धारणा राखेका हुन् ।

वडाको एकमात्र माध्यमिक विद्यालय रहेको स्याउलेमा दिवंगत धनबहादुर श्रेष्ठको घरबाट सुरु भएको सेतिदेवी माध्यमिक विद्यालय सुविधायुक्त भवनमा ७३ औँ बर्षिकोत्सव विविध कार्यक्रमकासाथ शुक्रबार मनाएको हो । बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि रहेका दुलालले सामुहिक तवरले देश निर्माणमा लागि पर्नु वर्तमान चुनौति रहेको भन्दै न्युनतम सामाजिक एकता कायम गर्दै व्यक्तिगत र दलगत स्वार्थ त्यागेर लाग्न आग्रह गरे ।

उनले भू–राजनीतिक अवस्थितिको प्रयोग गरि देश राजनीतिक अस्थिरताको केन्द्र खतरा बढेको भन्दै सचेतता नअपनाए प्राप्त अधिकार र मौलिक हकहरु गुम्ने बताए । हावाहुरीको पछि लागेर स्वतन्त्र निर्णय गर्न नसक्ने अवस्थामा धकेलिदै गएको उनको तर्क छ ।
सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ को विकास निर्माणको चर्चा गर्दै आफु प्रदेश सरकारको मन्त्री रहँदा प्रदेशले सरकारले भौतिक पूर्वाधारको पक्षसँगै शैक्षिक पक्षलाई प्राथमिकता दिईएको ठोकुवा गरे । अहिले देशप्रति माया गर्ने र देशमै भविस्य नदेख्नेहरुको वृद्धि भएकाले यसबाट मुक्त हुनुपर्नेमा जोड दिए । देशभक्ति भावनाले ओतप्रोत विद्यार्थी जन्माउन नसके नेपालको शिक्षा कोर्रा शैद्वान्तिक मात्र हुने उनको भनाई छ ।

चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक विकास शाखा संयोजक रामप्रसाद गौतमले नगरपालिकाको विद्यालय समायोजन योजना र आवश्यक शिक्षक व्यवस्थापनले सेतिदेबीलाइ राहत पुगेको बताए । गत बर्षमा विद्यार्थी कम भएको आसपासको विद्यालय मर्जको कारण सेतिदेवीमा उल्लेख विद्यार्थी भएकोमा खुसी व्यक्त गरे । उनले विद्यालयको लागि शैक्षिक पक्षलाई अभिभावकहरुले निरन्तर निहालेर गुणस्तर सुधारमा सघाउ पु¥याउन सबैलाई आग्रह गरे ।

यस्तै वडा अध्यक्ष युवलाल श्रेष्ठले वडाले प्रत्येक बर्ष विद्यालयको लागि बजेट बिनियोजन गर्ने गरेको बताए । उनले विद्यालयको वर्तमान नतिजाले वडाको शिर उच्च बनाएको भन्दै विद्यालय परिवारलाई धन्यवाद दिए । श्रेष्ठले विद्यार्थी नियमित गराउदै अनुगमन पनि गर्न सहयोग गर्न आम वडाबासीलाई आग्रह गरे ।

यसैगरी समाजसेबी टंक बहादुर कार्की र दिपक नेपालले विद्यालयको पहिलेको क्षणको स्मरण गर्दै संस्थापकहरुको सम्झना गरे । कार्कीले स्याउलेको विश्वासिलो शैक्षिक वातावरण सदैब कायम राख्न आग्रह गरे ।

प्रधानाध्यापक सबिन दंगालले पस्तुत गरेको बार्षिक प्रतिवेदनमा कक्षा नर्सरीदेखी १२ सम्म ४ सय १० जना विद्यार्थी भर्ना भइ अध्ययन गरिरहेको उल्लेख छ । उनका अनुसार विद्यालयमा पत्रुखाना तथा खाजा निषेध गरिएको र आधारभुत तहसम्मका विद्यार्थीहरुको लागि स्वास्थ र पोशिलो खाजाको प्रवन्ध मिलाएको छ । प्रविधिमैत्री स्मार्ट कक्षाको सञ्चालन गरिएको छ । बार्षिक कार्यपत्रोअनुसार साप्ताहिक अतिरिक्त कृयाकलाप सञ्चालन गरिएको छ ।

मल्टिमिडया हल र शैक्षिक सामग्रीको प्रयाप्तता नभएको विद्यालयको नयाँ भवन पहिरोको जोखिममा रहेको र वालउद्यान जीर्ण रहेको समेत प्रतिवेदनमा उल्लेख छ । उक्त विद्यालयको मातहातमा १२ रोपनी जग्गा भएपनि उपयुक्त खेलमैदान छैन । कार्यक्रममा पूर्व प्रधानाध्यापक, असल शिक्षक, उत्कृष्ठ बिद्यार्थी र सहयोगिहरुलाई विद्यालयले सम्मान गरेको थियो ।

गत बर्षको एसएलसी परिक्षामा उत्कृष्ट हुने, कक्षागत र विधागत रुपमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई सम्मान र पुरस्कृत गरिएको थियो ।
विद्यालयको विभिन्न समयमा गरिएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुनेहरुलाई बिहिबार नै एक कार्यक्रम आयोजना गरि पुरस्कार वितरण गरिएको हो । भुतपूर्व विद्यार्थी एकता समाजबाट विविध समग्रीहरु विद्यालयलाई उपलब्ध गराएको थियो । पूर्व विद्यार्थी समाजले विद्यार्थीहरुको लागि शैक्षिक समग्रीहरु समेत दिलाएको थियो । विद्यालयको हितको लागि समाजले रकम सहकारीमा बचत गरिएको समेत सो विद्यालयले जनाएको छ ।

विद्याथीहरुको विविध आकर्षक गीत, नृत्य र अन्य प्रस्तुतीका साथ शिक्षक रामहरी शर्माको सुबोध उदघोेषणमा विव्यस अध्यक्ष श्यामसुन्दर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । वार्षिकोत्सव कार्यक्रममा जनप्रतिनीधि, समाजसवी, जग्गादाता, चन्दादाता, अक्षयकोषदाता, शिक्षक, विद्यार्थी र अभिभावकहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।