लेखापढीको अधिबेशन सम्पन्न ,अध्यक्षमा चौलागाई निर्विरोध

१२ पौष, चौतारा । नेपाल लेखापढी कानुन ब्यवसायी यसोसियसन सिन्धुपाल्चोकको चौधौ अधिवेसन सम्पन्न भएको छ । अधिबेशनले जगत प्रसाद चौलागाईलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ७ को पर्यटकीय क्षेत्रको रुपमा रहेको पालेथुम्की सामुदायिक वनमा निर्मित पार्कमा अधिबेशन सम्पन्न भएको हो ।
समितिको उपाध्यक्षमा सोम बहादुर कार्की, सचिवमा हरि श्रेष्ठ , सह–सचिवमा धनमान तामाङ , कोषाध्यक्षमा रामप्रसाद नेपाल र सह–कोषाध्यक्षमा पार्वती फुयाल निर्विरोध निर्वाचित भएको एसोसियसनले जानकारी गराएको छ । समितिको सदस्यहरूमा भने रूपक पुरी, विना रोक्का, सन्तोष भण्डारी, राजेन्द्र भट्टराई र वाङदोर्जे तामाङ चयन भएका छन् ।

अधिवेशन नेपाल लेखापढी कानुन ब्यवसायी सँघको केन्द्रिय अध्यक्ष सिताराम दाहालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमकै अबसर पारेर लेखापढी ब्यसायीबाट अधिवक्तामा नाम निकाल्ने माधवप्रसाद ढकाल, गोमा घले र प्रेमकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यसैगरी पूर्व अध्यक्षहरू रामप्रसाद गौतम, हिराप्रसाद नेपाल , ईन्द्रलोचन धिताल, रामकृष्ण श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।