प्रलेसद्वारा श्यामप्रसाद स्मृति पुरस्कारसहित विभिन्न साहित्यिक पुरस्कार वितरण

पुष ५, काठमाडौँ । प्रगतिशील लेखक संघ नेपालले प्रलेस श्यामप्रसाद स्मृति पुरस्कारसहित विभिन्न साहित्यिक पुरस्कार वितरण गरेको छ । शनिबार प्रगतिशील लेखक सङ्घज्, नेपालको आयोजनामा पिके क्याम्पसमा गरिएको ‘प्रलेस पुरस्कार समर्पण’ कार्यक्रममा श्याम प्रसाद स्मृतिलगायतविभिन्न साहित्यिक पुरस्कार यस वर्षका लागि योग्य स्रष्टाहरूलाई प्रदान गरिएको हो ।

प्रगतिशील साहित्य, संस्कृति र विचारको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने स्रष्टाहरूलाई सम्मान गर्न प्रलेस द्वारा प्रदान गरिएको यस वर्षको प्रलेस श्याम प्रसाद स्मृति पुरस्कार २०८२ प्रगतिशील साहित्यकार ईश्वरचन्द्र ज्ञवालीलाई प्रदान गरिएको छ । त्यस्तै प्रलेस प्रतिभा पुरस्कार २०८२ लेखक तथा राजनीतिज्ञ अनिल शर्मालाई प्रदान गरिएको छ । प्रलेस अन्तर्गत पुरस्कार वितरक समितिका संयोजक समिर सिंहले जानकारी दिए ।

सिंहका अनुसार प्रलेस बालसाहित्य पुरस्कार बाल साहित्यकार सुशिला प्रधानाङ्गलाई प्रदान गरिएको छ । त्यस्तै प्रलेस युवा पुरस्कार युवा लेखक तथा साहित्यकार रूपक .अलङ्कारलाई प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नवनिर्वाचित उपाध्यक्ष तथा प्रलेसका सल्लाहकार रघुजी पन्तले स्रष्टाहरूलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए ।

स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार वितरण पछिको कार्यक्रमलाई सम्वोधन गर्दै नेता पन्तले प्रगतिशील लेखक संघमा आवद्व लेखकहरुले राष्ट्रियता, जनतन्त्र र जनजिविका का सबालमा मात्र नभई पछिल्लो समयमा नेपालमा भईरहेको वेथिति र अराकताका सन्दर्भमा कलम चलाउन आग्रह गरे । त्यस्तै साहित्यद्वारा समाजको चेतना निर्माण गर्न र लोकतान्त्रिक मूल्यको संरक्षणमा भूमिका खेल्न पन्तले जोड दिए ।

जेन–जी ओन्दोलनको सन्दर्भको चर्चा गर्दै नेता पन्तले त्त्काल सामाजिक सञ्जाल बन्द नगर्न आफूले आग्रह गर्दागर्दै तत्कालिन प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको कारण देशमा केही असहज स्थिति पैदा भएको खुलासा गरे । ‘मैले मेटा सामाजिक सञ्जाललाई तत्कालै नियमन गर्ने विषयमा सोंच्नु पर्दछ भनेको थिएँ’, प्रमुखअतिथि पन्तले भने– ‘तत्कालिन प्रधानमन्त्रीले मन्नु भएन, उहाँ झोंक्की हुनुहुन्छ, बन्द गरिहाल्नु भयो ।’ पन्तले नेपालका स–साना उद्योग कलकारखानाहरूले राज्यलाई कर तिर्नुपर्ने तर कुनै एउटा कम्पनीले नेपालको सार्वभौमसत्ता स्वीकार नगर्नु दुःखद भएको बताए ।

सामाजिक सञ्जालका कैयौँ राम्रा पक्षहरू हुँदाहुँदै पनि त्यसले वर्तमान समाजलाई अध्ययनबाट विमुख बनाएको पन्तको भनाई थियो । प्रलेस अध्यक्ष देवी क्षेत्री दुलालको अध्यक्षता तथा महासचिव झपिन्द्र ढकाल (पारस) को सञ्चालनमा भएको उक्त कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष, सल्लाकार तथा सम्मानित स्रष्टाहरुले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रलेसका पदाधिकारी, साहित्यकार, लेखक, संस्कृतिकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा प्रलेसकाे आफ्नाे स्मारिका प्रलेस-३१ अंक तथा विभिन्न स्रष्टाहरूद्वारा प्रकाशित कृतिहरूकाे समेत विमाेचन गरिएकाे प्रलेस अध्यक्ष देवी क्षेत्री दुलालले जानकारी दिए ।
स्मरण रहोस असोज ५ गते हुने प्रलेस स्थापना दिवस सन्दर्भमा गरिने श्याम प्रसाद स्मृति लगायत विभिन्न साहित्यिक पुरस्कार जेन–जी आन्दोलनको कारण स्थगित भएकोमा पुष ५ गते गरिएको प्रलेसले जनाएको छ ।