‘राजधानी जस्तो ठाउँमा सभा गर्ने मञ्च नहुनु लज्जासद विषय भयो’–प्रचण्ड

पुष ५, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजधानी जस्तो ठाउँमा सभा गर्ने मञ्च नहुनु लज्जासद विषय टिप्पणी गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीले शनिबार भृकुटी मण्डपमा आयोजित वाग्मपति प्रदेश स्तरीय एकता सभालाई सम्बोधन गर्दै पार्टी संयोजक प्रचण्डले विशाल जनसभामा निकै अप्ठ्यारो र खाँदिएर लाखौं जनताको उपस्थितिमा कार्यक्रम गर्नुपरेको सुनाए ।

नेपाल सरकारलाई र महानगरपालिकालाई यो खुला मञ्च खुला गर्नको लागि आग्रह गर्दै प्रचण्डले भने,‘यो स्थिति हुनु नेपाल राष्ट्रकै निम्ति अपमान र लज्जाको बिषय भयो ।’ ‘एकलाख ६० हजार मानिस जम्मा भएर बस्ने एउटा पनि मञ्च हामीकाँहा नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ’, उनले थपे । नेपाल सरकार र महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधिहरुलाई पनि यो स्थितिको अन्त्य गर्नको लागि आग्रह गरे ।

प्रत्येक राजनैतिक दलका निम्ति विभिन्न सामाजिक संस्थाका निम्ति राष्ट्रको एउटा खुला मञ्च समारोह गर्ने स्थल अनिवार्य भएको उनले औंल्याए । यो कार्यक्रमको लागि सरकारसंग महानगरसंग टुडिखेलमा सम्भावना छ की भनेर पहल गरिएपनि सफल हुन नसकेको समेत उनले सुनाए । यसमा सबै राजनैतिक दलको ध्यान जान उनले विशेष आग्रह गरे ।

भाद्र २३ र २४ गतेको जेन–जी आन्दोलनले नयाँ राजनैतिक परिस्थिति सिर्जना गरेको बताउँदै प्रचण्डले आन्दोलनले राजनीतिक वृतमा राजनैतिक दलहरुलाई कि सच्चिने प्रण गर, कि सक्किन तयार हौ भन्ने एउटा बलियो सन्देश जेन–जी युवाहरुको आन्दोलनले दिएको उनले बताए । सुशासन पक्षमा र भ्रष्टचारका विरुद्व र स्वतन्त्रका पक्षमा आवाज उठाएर दिएको बलिदानले पछिल्लो अवस्था आएको खुलासा गरे ।
जेन–जी कै आन्दोलनकै बलमा बनेको अन्तरिम सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचन कुनैपनि हालतमा गर्नुपर्ने तर्क राख्दै प्रचण्डले चुनवाको विरोध गरेर संसद पुर्नस्थापनाको माग राखेका दलहरुको दोहोरो चरित्रप्रति खवरदारी समेत गरे । आगमी चुनावमा नेपाली कम्युनिष्ट पार्टीले बहुमत ल्याउने समेत प्रचण्डले उदघोष गरे ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले जेन–जी आन्दोलनपछि बनेृको नेपाली कम्युनिष्ट पार्टीको एकता सभाले देशैभर ठूलो सत्साह छाएको उदघोष गरे । कार्यक्रममा बरिष्ट नेता झलनाथ खनाल लगाएत नेताहरुले सम्बोधन गरेका थिए ।