थापाले गरे महासंघलाई ३० हजार माथी सहयोग
निर्मल बस्नेत
१ पौष, चौतारा । चौताराका समाजसेवी एवं युवा व्यवसायी भुपेन्द्र थापाले नेपाल पत्रकार महासंघको शाखा कार्यालय व्यवस्थापनका लागि ३० हजार भन्दा बढी रकम बराबरको सहयोग प्रदान गरेका छन् ।
चैतारामा थापा इन्टरप्राईजेज नामक व्यवसाय सञ्चालन गदै आएका उनले महासंघको लागि ३० हजारभन्दा बढी रकमका फर्नेसिङका समानहरु उपलब्ध गराएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष ध्रुर्व दंगाललले जानकारी गराए ।
उद्योगी तथा व्यवसायीहरुको संस्था सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा समेत रहेर पछिल्लो केहि बर्षयता उनले सामाजिक काममा हात हाल्न थालेका छन् । उनले बिद्यालय, मठमन्दिर, पाटीपौवा र मेलापर्वमा आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आईरहेका छन् ।
थापा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, लायन्स क्लव चौतारा र विविन्न संघसंस्थाले गरेको सामाजिक काममा समेत निरन्तर सहगोग गर्दै आएका छन् ।

