एमाले एघारौं राष्ट्रिय महाधिवेशनमा सिन्धुपाल्चोकबाट उपाध्यक्ष लगाएत पदका लागि ८ ले दिए उम्मेदवारी

पुस १, काठमाडौं । नेकपा (एमाले) एघारौं राष्ट्रिय महाधिबेशनमा सिन्धुपाल्चोक जिल्लाबाट उपाध्यक्ष सहित विभिन्न क्लस्टरमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा ओेली प्यानलबाट ४ र इश्वर प्यानलबाट ४ जनाले उम्मेदवारी दर्ता गराएकाे एमालेका एक नेताले जानकारी दिए । ती नेताका अनुसार इश्वर प्यानलबाट अरुण नेपालले (उपाध्यक्ष), कमल नेपाल (खुल्ला वाग्मती), ६) टासि लामा (आदीबासी/जनजाति) र आङदोर्जे शेर्पा युवा वाग्मती क्लषटरबाट उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी ओेली प्यानलबाट शेर बहादुर तामाङ (खुल्ला), सुभाष कर्माचार्य (आदिबासी/जनजाति), हस्त पण्डित (खुल्ला वाग्मती) र डोल्मा तामाङ (खुल्ला महिला) मा उम्मेदवारी दर्ता गराएका छन् । सिन्धुपाल्चोकमा इश्वर पक्षकाे प्रतिनिधिमा बाहुल्यता रहेकाे छ । त्याँहा १६ जना प्रतिनिधि मध्ये इश्वर पक्षका १२ रहेका छन ।